राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेडवृद्धि परीक्षा असोज ३० र ३१ गते सञ्चानलन गर्ने भएको छ । शुक्रबार भक्तपुरमा आयोजित कक्षा १२ को नतिजा प्रकाशन कार्यक्रममा बोर्डले असोज अन्तिममा ग्रेडवृद्धि परीक्षा सञ्चालन गरिने जनाएको हो।

शुक्रबार प्रकाशित नतिजा अनुसार नन ग्रेडेड अर्थात कुनै पनि ग्रेड नल्याउने परीक्षार्थीको संख्या भने १ लाख ८८ हजार ४ सय १० जना रहेका छन् । दुई विषयमा ननग्रेडिङ (एनजी) आउने परीक्षार्थीले असोजको अन्तिममा हुने परीक्षामा सहभागी हुन पाउने राष्ट्रिय परीक्षा बोर्डका सदस्यसचिव दुर्गाप्रसाद अर्यालले जानकारी दिए ।

Leave a Reply