नाबालिग बलात्कारको आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफू निर्दोष रहेको दाबी गरेका छन्। उनले शुक्रवार बिहान सामाजिक सञ्जालमार्फत आफू निर्दोष रहेको बताउँदै सीपीएलबाट बिदा लिएर छिट्टै नेपाल फर्कने समेत बताएका छन्।

उनले सबै आरोपहरू आधारहीन रहेको र आफू त्यसको सामना गर्न तयार रहेको उल्लेख गरेका छन्। उनले सामाजिक सञ्जाल लेखेका छन्।

म निर्दोष छु र नेपालको सम्मानजनक कानुनमा पूर्ण विश्वास राख्छु। मैले सीपीएलबाट बिदा लिएर केही दिनमै स्वदेश फर्कने निर्णय गरेको छु। म यी सबै निराधार आरोपहरूको सामना गर्न तयार छु। न्याय मिलोस्। दोषी सबैमाथि निर्दोष र सही छानबिन होस्, कानूनले सबैलाई समान रूपमा कारबाही गर्ने आशा छ।

हाल क्यारेवियन प्रिमियर लिगका लागि जमैकामा रहेका सन्दीपविरुद्ध नाबालिग बलात्कार आरोपमा उजुरी परेको छ। पक्राउ पुर्जी नै जारी भएपछि नेपाल क्रिकेट संघ ९क्यान०ले बिहीबार साँझ उनलाई राष्ट्रिय टिमबाट निलम्बन गरेको छ।

Leave a Reply