पर्वतमा ढाका उत्पादन शुरु

0

पर्वत, जाडो मौसमसँगै पर्वतमा ढाका कपडाको उत्पादन शुरु भएको छ।

विगतमा पाल्पाली र पूर्वेली ढाका प्रयोग गरेका पर्वतबासीले अब आफनै
उत्पादनको प्रयोग गर्न पाउने भएका छन्। पर्वतको देउपुर गाविसस्थित
पातीचौरका महिलाहरुले ढाका उत्पादन गरी पछ्यौरा, टोपी, गलबन्दीलगायतका
सामग्री बुन्न थालेपछि बाहिरी जिल्लाबाट भित्रिने कपडामा कमी आएको छ।

स्थानीय महिलाहरुले ढाका बुनाइ तालिम पाएपछि लाखौ मूल्यका कपडा गाउँमै
उत्पादन गर्न थालेका छन्। बाली भित्र्याउने समयमा कामको चटारोसँगै
महिलाहरुले कपडा उत्पादनलाई प्राथमिकता दिएका छन्। पुरुषहरुलाई कामको
जिम्मा लगाएर महिलाहरु कपडा बुन्नमा व्यस्त रहेका छन्।

लघु उद्यम विकास कार्यक्रमको सहयोगमा सेवा पर्वतले महिलाहरुलाई आत्मनिर्भर
र स्वावलम्बी बन्ने उक्त तालिम दिएको थियो। तालिमपछि काठमाडौदेखि धागो
ल्याएर गाउँमै ढाका बुन्ने काम शुरु भएको हो। जिल्ला विकास समितिले १ लाख
५० हजार, लघु उद्यम विकास कार्यक्रमले ३ लाख, घरेलु तथा साना उद्योग विकास
कोषले ७५ हजार, कोरु•ा सामुदायिक वन उपभोक्ता समितिको १ लाख र श्रमदानबाट
३ लाख गरी कुल ९ लाखको लागतमा ९ लाख २५ हजारमा ँसाझा सुविधा केन्द्र’
निर्माण भएको छ।

केन्द्र भवनमा राखिएका १० वटा कपडा बुन्ने तानबाट ४० जना महिलाले एकैपटकमा
ढाका बुन्ने काम पाएका छन्। उत्पादित ढाका कपडाका सामग्रीहरु उनीहरुले
जिल्लावरपर र पोखरा तथा काठमाडौंमा लगेर विक्री गरिरहेका छन्।