साहित्यकार काजीरोशनलाई अलिमियाँ सम्मान

महाकवि लक्ष्मीप्रसाद देवकोटाको शतवार्षिकीको
अवसरमा अलिमियाँ लोकवाङ्मय प्रतिष्ठानले साहित्यकार काजी रोशनलाई अलिमियाँ
साहित्य सम्मान प्रदान गरेको छ ।

साहित्यकार सरुभक्तले हिजो यहाँ आयोजित एक कार्यक्रममा उहाँलाई
दोसल्ला ओढाउनुका साथै सम्मानपत्र प्रदान गर्नुभयो । सो अवसरमा उहाँले यो
सम्मान काजी रोशनको मात्र नभई स्रष्टाकै सम्मान भएको बताउनुभयो । साहित्य
साधना र विकासलाई सँगै अघि बढाउन पनि उहाँले आग्रह गर्नुभयो । कार्यक्रममा
कवि तीर्थ श्रेष्ठले राजनीतिले साहित्यिक सद्भावलाई थिलोथिलो पारेको धारणा
राख्नुभयो ।

सम्मानित साहित्यकार काजी रोशनले सम्मानबाट आपुूलाई अाचलको साहित्यिक
विकासका लागि थप बल मिलेको उल्लेख गर्दै स्वर्गीय अलिमियाँको
व्यक्तित्वबारे चर्चा गर्नुभयो । साहित्यकार रोशनका आधादर्जन साहित्यिक
कृति प्रकाशित छन् ।

प्रतिष्ठानका अध्यक्ष हनिफ मियाँको अध्यक्षतामा भएको सो समारोहमा
प्रमुख जिल्ला अधिकारी उमेशकुमार िसंह प्राध्यापक लक्ष्मीप्रसाद शर्मा र
साहित्यकार प्रेम छोटाले आआफ्ना भनाइ राख्नुभयो भने प्रा।षडानन्द पौडेलले
सम्मानित व्यक्तित्वबारे चर्चा गर्नुभएको थियो ।