एकै व्यक्तिबाट १० लाख सहयोग

म्याग्दी २० मंसिर । म्याग्दी जिल्लाको ताकम गाउँ विकास समितिमा रहेको किसानी माध्यमीक विद्यालयलाई स्थानिय चन्द्रबहादुर थापाले रु १० लाख सहयोग गर्नुभएको छ ।
विद्यालयले आयोजना गरेको महायज्ञमा बिहबिार थापाले सो रकम सहयोग गरेको विद्यालयका शिक्षक ओम प्रसाद केसीले जानकारी दिनुभयो । विद्यालयको भौतिक शैक्षिक र आर्थिक स्तर बृद्धी गर्ने उद्देश्यले आयोजना गरिएको महायज्ञको बिहीबार ५औ दिन सम्म रु ३४ लाख नगद सहयोग संकलन भएको जनाईएको छ ।