अस्ट्रेलियामा ज्यान गुमाएका म्याग्दीका एक यूवाको धार्मिक परम्परा अनुसार अन्तेष्टी गरिएको छ । उच्च शिक्षा अध्ययनका लागि तीनमहिना अघि अस्ट्रेलियाको सिड्नी पुगेका म्याग्दीको बेनी नगरपालिका–५,पुलाचौरका २४ बर्षीय नारायण सुवेदीको मोना अस्ट्रेलिया सहित नेपाली संघसंस्थाले आर्थिक संकलन गरेर अन्तेष्टी गरिएको हो ।

रोजगार र अध्ययनको सिलसिलामा प्रवासमा रहेका म्याग्देलीहरुको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ (मोना) अस्ट्रेलियाको अगुवाईमा आर्थिक अभियानसँगै दाजु पुरुषोत्तम सुबेदी समेत पुगेपछि अन्तेष्टी गरिएको बद्री बरुवालले जानकारी दिनुभयो । नियमित पढाई, कामको तनावको चरम मानसिक तनावमा पुगेपछि सुबेदीले आत्महत्या गरेको बताइएको छ ।

Leave a Reply