आज दशौं नेपाली टोपी दिवस । देशको मौलिक परम्परा र राष्ट्रियतासंग जोडिएकाले नेपालीले आजको दिनलाई महत्वपूर्ण र गौरवको दिन ठान्दछन् ।

धिकांश नेपालीले टोपी लगाएर यो दिवस मनाउने गर्दछन् । नेपालमा पछिल्लोक्रममा हराउँदै गएको संस्कार र संस्कृतिलाई जोगाउन दिवसकै रुपमा मनाउन थालिएको छ ।

विकिपिडियामा उल्लेख भएअनुसार ढाका टोपी वा धाका टोपी ढाकाको कपडाबाट बनेको एक शिरपोश हो । ढाका टोपी नेपालीहरूको मौलिक पोशाक पनि हो ।

नेपालमा पाल्पाली र पूर्वेली ढाका टोपी निकै चर्चित छन् । यो टोपी बाहुन, क्षेत्रीले मात्र नभएर सबै जाति जनजातिले निकै सम्मानका साथ लगाउँछन् । नेवारी भाषामा काँचो धागोलाई कचिका भनिन्छ ।
महिलाले कपाल बाट्दा लगाउने अलंकारिक धागोलाई सचिका भनिन्छ । म्हपूजा र भाइटीका गर्दा लगाउने काँचो धागोको एक किसिमको मालालाई जजंका भनिन्छ ।

त्यसैगरी कपडाको टोपी बुन्न प्रयोग गरिने एउटा विशेष प्रकारको धागोलाई धाका भनिन्छ । धाकाबाट बुनिएको टोपीलाई धाका तपुलि भनिन्छ र डोटेली भाषा (खस भाषा) मा घरमै पराम्परागत तरिकाले बनाइएको धागो लाई धाका भनिन्छ अहिले पनि त्यो शब्दको उच्चारण हुन्छ ।

उहिलेका जमानामा घरेलु धागाबाट मुख टाउको छोप्ने मखरल, टोपी र महिलाहरूले टाउकामा बाध्ने स्काप पनि बनाइन्थ्यो । सुरुवातमा धाका टोपी भनिन्थ्यो । पछि गएर यसको व्यापकता हुँदै जादा धाका टोपीलाई नै आजकाल ढाका टोपी भनिन्छ ।

जसलाई खसभाषामा ढाका टोपी भन्ने गरिएको छ । केहि मानिसहरु ढाका टोपीको ढाका शव्दलाई बंगलादेशको राजधानी ढाकासंग जोडेर पनि कुरा गर्छन् । तर्क गर्न र विविध कोण वा विचारबाट घटना र वस्तुको विश्लेषण गर्नु सही भए पनि ढाका टोपी चै नितान्त नेपाली उत्पादन नै हो ।

केहि विश्लेषकहरूले टाउको ढाक्ने हुनाले टाउको ढाक्ने टोपीलाई कालान्तरमा ढाका टोपी भनियो भनेर पनि भनेका छन् । नेपालमा धेरै प्रकारका टोपीहरु हजारौं वर्षदेखि लगाउने गरिएको छ ।

ढाका टोपी धेरै प्रकारका टोपीहरूमध्येको एक नेपाली टोपी हो । सन् २०१३ नोभेम्बर २६ मा सामाजिक संजाल फेसबुकमा एक सार्वजनिक पेज स्थापना गरी पहिलोपटक सार्वजनिक रूपमा जनवरी १ लाई “अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस“ र नेपाली टोपी लगाउने दिवस भनि सबैलाई नेपाली टोपी लगाउन आह्वान गरी यो दिवस शुरु गरिएको हो ।

\तत् अनुसार सन् २०१४ देखि अंग्रेजी पात्रो अनुसार नयाँ वर्ष जनवरी १ तारिख पारेर नेपालमा अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाउन थालिएको हो । नेपाली टोपी प्रतिष्ठान गण्डकी प्रदेशले पनि टोपी दिवसमा विविध कार्यक्रम गर्दै आएको छ ।

Leave a Reply