आइतबार पोखराको सेती खोँचमा यती एयरलाइन्सको विमान दुर्घटना भएपछि देश शोकमा डुबेको छ । चालक दलसहित ७२ जना दुर्घटनामा परेका छन् ।

अहिलेसम्म ६४ जनाको शव फेला परेको छ भने बाँकी शवको खोँचबाट निकाल्ने प्रयास भइरहेका छन् । यस्तै, ५ जनाको सनाखत भइसकेको छ ।

उक्त घटनामा कोपाइलट अन्जु खतिवडा पनि परेकी छन् । अन्जु २०६३ असार ७ गते सुर्खेतबाट जुम्लाका लागि उडेको यती एयरलाइन्सको ट्विनटर विमान दुर्घटनामा परेका दीपक पोखरेलकी धर्मपत्नी हुन् । जो विमानमा श्रीमान गुमाएपछि श्रीमानकै वियोगले पाइलट पढेकी थिइन् ।

आइतबारको विमान कमल के.सी. र को–पाइलट अञ्जुले उडाएका थिए । विराटनगरकी अञ्जुले भारतबाट प्लस टु गरेकी अन्जुले श्रीमानको मृत्युपछि पाइलटको कोर्ससँगै उडान भर्ना थालेकी थिइन् ।

विमान दुर्घटनामा परेपछि उद्धार भइरहेको अवस्थामा अहिले उनको अवस्था अज्ञात नै छ । अन्जुका एक छोरा र एक छोरी गरी दुई सन्ता रहेका छन् ।

आइतबारको विमान दुर्घटनामा चालक दलका ४ जना सदस्य र ६८ जना यात्रुहरु सवार रहेका थिए अर्थात ३७ जना पुरुष, २५ जना महिला, ३ जना बच्चा र ३ जना शिशु रहेका छन् ।

जसमध्ये ५३ जना नेपाली, ५ जना भारतीय ४ जना रसियन, २ जना कोरियन, १ जना अर्जेटेनि, १ जना अस्ट्रेलियन, १ जना आइरिस र १ जना फ्रान्सेली नागरिक रहेका छन् । News24nepal.tv

Leave a Reply