ट्राफिक नियम उल्लघंन गरेको  पहिलो पटकमै १५ सय रुपौयाँ जरिवाना लिने नियम खारेज गरिएको छ। आइतबार भौतिक पूवार्धार तथा यातायात मन्त्रालयमा बसेको बैठकमा सवारी तथा यातायात व्यवस्था ऐनअनुसार नै जरिवाना उठाउने सहमति भएपछी यो पुरानो नियम खारेज  गरिएको हो।यातायात व्यवस्थापन विभागका महानिर्देशक तुल्सी गौतमले भने, हिजो व्यवसायी र सरकारबीच यही सहमती भएको हो।

उनले भने,  ‘ऐनको दफा १६४ अनुसार नियम मिच्नेलाई तत्कालै यातायात निरीक्षक र ट्राफिकको प्रहरी सहायक निरीक्षकले पहिलो पटकमा ५ सय, दोस्रो पटकमा एक हजार र तेस्रो पटक वा सो भन्दा बढी पटक सवारी नियम उल्लंघन गर्नेलाई एक हजार ५ सय रुपैयाँ जरिवाना गर्ने व्यवस्था गरिएको छ। अब जति जरिवाना गरेको छ त्यहिँ अनुसार गरेको छ। कहिले काँहि त गल्ति भै हाल्छ। गल्ति भयो करेक्सन भै हाल्छ। अब कसैले १५ सय जरिवाना लिन भनेको नि छैन। नियममा नि छैन। कहिँले काहिँ गल्ति भई हाल्छ।’

उनले नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले माग गरेअनुसार नै ट्राफिक नियमको कार्यन्वयन भएको बताए आइतबारको सहमती अनुसार रेड लाइटमा सवारी नरोक्दा, निषेधित ठाउँमा पार्किङ गर्दा, गलत ठाउँबाट सवारी मोड्दा, सडकको गलत साइडबाट चलाउँदा, एकतर्फी सडकमा सवारी चलाउँदा, अवस्था ठीक नभएको सवारी चलाउँदा, रातिको समयमा बत्ती नबाली सवारी चलाउँदा र सवारी चलाउन निषेध गरिएको ठाउँ वा समयमा चलाउँदा एकैपटकमा १५ सय रुपैयाँ जरिवाना लिने ट्राफिकको निर्णय कार्यान्वयन नहुने भएको छ।

त्यसैगरी नम्बर प्लेट नराखी चलाएमा, गाडी चालकले बेल्ट तथा मोटरसाइकल चालकले हेल्मेट नलगाई चलाएमा, सार्वजनिक सवारीका चालकले यात्रु राख्न इन्कार गरेमा, लापरवाहीका साथ सवारी चलाएमा, सवारीको वजनको हद निर्धारण गरिएको सडकमा बढी वजनको सवारी चलाएमा, सवारीचालक अनुमतिपत्र ९लाइसेन्स०, सवारी दर्ता किताब साथमा नराखी चलाएमा, ट्राफिक संकेत वा इसारा उल्लंघन गरी सवारी चलाएममा र निषेधित क्षेत्रमा हर्न बजाएमा पनि यस्तो जरिवाना लाग्ने नियम थियो।

सरकारले ०७५ मा यातायात व्यवस्था विभागलाई अधिकतम जरिवाना गर्न सक्ने अधिकार ट्राफिक प्रहरीलाई दिएको तर्क गरेर जरिवानामा एकैपटक तेब्बरले वृद्धि गरिएको थियो। अब सो व्यवस्था तत्काल कार्यान्वयन नहुने भएको छ। चालकको लाइसेन्स गैरकानुनी ढंगले निलम्बन गरिएको, प्रदूषण जाँचमा ५ हजारदेखि १ लाखसम्म जरिबानाको त्रास फैलाइएको लगायतका आरोप लगाउँदै समस्या समाधान गर्न भन्दै यातायात व्यवसायीहरु आन्दोलित भएका हुन्।

Leave a Reply