नेपालको जनसंख्या  २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ पुगेको छ।

राष्ट्रिय तथ्यांक कार्यालयले शुक्रबार सार्वजनिक गरेको तथ्यांक अनुसार २०७९ मंसिरमा देशको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ पुगेको हो।

प्रतिवेदनमा १ करोड ४२ लाख ५३ हजार ५ सय ५१ अर्थात् (४८.९८ प्रतिशत) पुरूष रहेका छन् भने १ करोड ४९ लाख ११ हजार २७ अर्थात् (५१.०२ प्रतिशत) महिला छन्। अन्य लिङ्गीको संख्या २ हजार ९ सय २८ छ।

नेपालमा पुरूष भन्दा महिलाको जनसंख्या करिव ६ लाख ५० हजार बढी छ। यस पटक वागमती र मधेस प्रदेशमा करिव २१ प्रतिशत जनसंख्याको बसोवास छ। जसमा कर्णाली प्रदेशमा सबैभन्दा कम छ।

त्यस्तै भक्तपुरमा सबै भन्दा बढी जनसंख्या वृद्धि भएको छ भने रामेछापमा सबैभन्दा कम जनसंख्या वृद्धि भएको छ।

Leave a Reply