रुकुम पूर्वको पुथाउत्तरगङ्गा गाउँपालिका ३ रन्मामा सिस्नो टिप्न घरबाट निस्केका एकै घरका दुई बालिका मृत अवस्थामा फेला परेका छन्। स्थानीय ११ वर्षीया रिना बुढा मगर र ९ वर्षीया कालिमाया बुढा मगर बिहीबार बिहान मृत अवस्थामा फेला परेका हुन्। उनिहरु बुधवार साँझै सिस्नो टिप्न निस्केका थिए।

पुथा उत्तरगंगा गाउँपालिका उपाध्यक्ष भुपेन्द्रा बुढाले हत्या गरिएको अवस्थामा दुई बालिका फेला परेको बत्ताइन। उनले भनिन् ‘उनीहरुले लगाएको गरगहनाहरु लुटपाट पश्चात् हत्या गरिएको अनुमान गरिएको छ।’

हराएका दुई बालिकाको खोजी कार्य गर्दा गाउँ नजिकैको भीरमा मृत फेला परेका थिए। सूचना पश्चात् रुकुम प्रहरी प्रमुख सहितको टोली घटना स्थलतर्फ लागेको छ। उपाध्यक्ष बुढाका अनुसार घटना भएको ठाउँमा पुग्न करिब एक दिन लाग्छ।

रुकुम पूर्वका प्रमुख जिल्ला अधिकारी तुलाराज सुनुवारले यथार्थ विवरण नआएको बताए।‘जिल्लाबाट प्रहरीको टोली घटनास्थल पुगेको छ। आज यहाँ फोनको नेटवर्कमा समस्या आएका कारण थप विवरण पाउन सकिएको छैन।’

Leave a Reply