घलेम्दी हाईड्रोपावर कम्पनी लिमिटेडले २०० प्रतिशत हकप्रद निष्काशनको बिशेष प्रस्ताव सहित आफ्नो बार्षिक साधारणसभा आह्वान गरेको छ ।

कम्पनीको सञ्चालक समिती बैठकको निर्णय अनुसार बार्षिक साधारणसभा वैशाख १६ गते सासा बैंक्वेट नयाँबजार काठमौडौमा बिहान १०ः३० बजेदेखि सुरु हुने छ ।

सभामा अध्यक्षको आर्थिक वर्ष २०७८र७९ को प्रतिवेदन छलफल गरि पारित गर्ने, लेखापरिक्षक प्रतिवेदन, अन्य वित्तीय विवरण र अनुसूचीहरु पारित गर्ने, आर्थिक वर्ष ७९र८० को लागि लेखापरीक्षक नियुक्त गरि निजको पारिश्रमिक तोक्ने लगायतका प्रस्ताव पेश हुने छन् ।

कम्पनीले ६३ मेगावाटको छुलुङ्ग खोला जलबिद्युत आयोजनामा लगानी गर्नका लागि हाल कायम चुक्ता पूँजीको २०० प्रतिशत हकप्रद सेयर निष्काशनको बिशेष प्रस्ताव समेत सभाले पारित गर्नेछ ।

कम्पनीले साधारणसभा प्रयोजनको लागि वैशाख ६ गतेदेखि बुक क्लोज गर्ने निर्णय गरेको छ । जस अनुसार अनुसार बैशाख ६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन सक्नेछन् ।

कम्पनीले प्रकाशन गरेको सूचनाः

642f6931bf76a.jpg

Leave a Reply