काठमाडौ महानगरपालीका प्रमुख बालेन साहले बिद्यार्थीहरुले आफू अनुकुल स्थानबाट पाठ्यपुस्तक र पोशाक खरिद गर्न पाउने व्यवस्था गर्न बिद्यालयहरुलाई निर्देशन दिनु भएको छ ।

सामाजिक संञ्जालमा महानगरपालीकाले सार्बजनिक गरेको सुचना राख्दै उहाँले सम्पुर्ण विद्यालयहरुलाई संस्थागत विद्यालय मापदण्ड तथा सञ्चालन निर्देशिका २०६९ अनुसार कार्य गर्न गराउन हुन अनुरोध छ गर्नुभएको छ ।

उहाँले लेख्नुभएको छ-

विद्यालय आफैँले किताब बेच्ने गरेको र पोसाकसमेत सम्बन्धित ठाउँबाट नै किन्नु भनेर अभिभावकलाई बाध्य गराएको गुनासो पटक पटक आइरहेकाले विद्यालयको सो कार्य संस्थागत विद्यालय मापदण्ड तथा सञ्चालन निर्देशिका २०६९ अनुसार दण्डनीय भएको स्मरण गराइन्छ । साथै, सम्पुर्ण विद्यालयहरुलाई संस्थागत विद्यालय मापदण्ड तथा सञ्चालन निर्देशिका २०६९ अनुसार कार्य गर्न गराउन हुन अनुरोध छ ।

Leave a Reply