शिक्षा मन्त्रालयले निजी विद्यालयहरूलाई आफूखुसी शुल्क नबढाउन चेतावनी दिएको छ । शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले विज्ञप्ति जारी गर्दै शैक्षिक सत्र २०८० को विद्यार्थीका सम्बन्धनमा केही निजी लगानीका विद्यालयहरूले आफूखुसी जथाभाबी ढंगले शुल्क उठाएको भन्दै सचेत गराउनुभएको हो।

स्थानीय तहले स्वीकृति गरिदिएको सीमाभित्र रहेर मात्र शुल्क लिन पाउने व्यवस्था रहेको मन्त्रालयले स्मरण गराएको छ । कुनै पनि विद्यालयले स्वीकृत भएको शुल्कको विषयमा पारदर्शी ढंगले सबै अभिभावकलाई जानकारी गराउनुपर्छ ।

अभिभावकहरूले समेत तोकिएको शुल्कको स्वीकृतिको विषयमा प्रश्न गर्न पाउँछन् । त्यो विषयमा विद्यालय रहेको स्थानीय तहमा गुनासो गर्न पाउने व्यवस्था समेत रहेको भन्दै मन्त्रालयले केही गुनासा भएमा स्थानीय तहमा जानकारी गराउन मन्त्रालयले अनुरोध गरेको छ ।

निजी लगानीका विद्यालयले शुल्क, सार्वजनिक विद्यालयको भर्नासँग सम्बन्धित विषय तथा विद्यालयमा पाठ्यपुस्तकको उपलब्धता र बिक्री वितरणका विषयमा जिल्ला तहमा आवश्यक परामर्श र सहजीकरण समेत गरी शिक्षा तथा मानव स्रोत विकास केन्द्रमार्फत नियमित रूपमा जानकारी पठाउन समेत भनेको छ।

Leave a Reply