तत्कालिन समयमा केपी शर्मा ओलीको सिफारिसमा प्रतिनिधिसभा विघटन गर्ने निर्णयको सर्वत्र विरोध हुदाँ यूवा संघका केन्द्रिय नेता सन्तोष रावलले पार्टी विर्सजनबाट जोगाउने अन्तिम अस्त्र भनेर पार्टी अध्यक्ष ओलीको निर्णयको सर्मथन गरे ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेताहरुले अध्यक्ष ओलीलाई साधारण सदस्यबाट समेत निष्काशन गर्दा रावलले जंगली र अराजक शैली भन्दै कडा आलोचना गरे ।

आफ्नै दल नेकपाविपक्षी दलका नेता, अन्य दल र नागरिकस्तरबाट पनि ओलीको कदमको विरोध हुदाँ यूवा संघको तर्फबाट सन्तोष रावलले अन्य नेताभन्दा निकै आक्रमक भाषण गरे ।उनको शैलीलाई अध्यक्ष ओली सहितका अन्य नेताले समेत यूवा संघको भावि अध्यक्षको रुपमा अगाडी सारेका थिए ।

ओली सरकारमा रहेका माधव नेपाल–प्रचण्ड खेमाका ७ मन्त्रीले संसद विघटनको निर्णयप्रति असहमति जनाएर आन्दोलनमा होमिदाँ पार्टीका धमिरा भनेर भाषण गरेका रावल अहिले बाँकेको नेपालगन्जमा सुरु नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालको नवौं राष्ट्रिय महाधिवेशनबाट नयाँ नेतृत्वका लागि अध्यक्षमा उम्मेदवारी दिएका छन् ।

अध्यक्षमा रावलले उम्मेदारकोे मनोनयन दर्ता गरेपछि यूवाहरुले पार्टीका अध्यक्ष ओलीको नेतृत्व सफल बनाउने नेताको रुपमा चर्चा गर्न थालेका छन् । नयाँ नेतृत्वको लागि अध्यक्षमा सन्तोष रावलसँग प्रतिस्पर्धा गरेका क्षितिज थेवेलाई केही नेताले बोकेपनि देशभरबाट आएका यूवाहरुको आर्कषण रावलतर्फ रहेको छ।

रावललाई अधिकांस केपी ओली निकटका नेताहरुले समेत सहयोग गरेका छन् । अध्यक्ष रावलसँग प्रतिस्पर्धा गरेको थेवे नेताहरुको सहयोगमा नेतृत्वमा जाने प्रयास गरेपनि यूवा संघको जगैबाट केन्द्रिय पदाधिकारीमा पुगेका रावललाई सघाउन पार्टीका केन्द्रिय नेताहरुले समेत लागि परेकाले जितको सम्भावना धेरै रहेको त्यहाँ रहेका यूवा संघका नेताहरुको भनाई छ ।

गण्डकी प्रदेश संयोजक एवम् केन्द्रीय उपाध्यक्ष रावलले अध्यक्षमा उम्मेदवारी दिएको बताउनु्भयो ।यूवा संघको जिल्ला,क्षेत्र, प्रदेश हुदैं केन्द्रीय कमिटीका विभिन्न तहमा नेतृत्व गरेका छन् । जिल्ला, क्षेत्र हुदै केन्द्रसम्म प्राप्त सबै जिम्मेबारीमा सफलतापूर्वक सम्पन्न गरेको अवस्थामा अध्यक्ष भएर बाँकी काम पुरा गर्ने रावलले बताए ।

Leave a Reply