कास्कीले १४ स्वर्ण, १३ रजत र ५ कास्य पदकसहित कास्की गण्डकी प्रदेशस्तरीय राष्ट्रपति कप रनिङ शिल्डमा च्याम्पियन बनेको छ। पोखरा रंगशालामा मंगलबार सम्पन्न प्रतियोगितामा कास्की कुल ३२ पदक प्राप्त गर्दै टिम च्याम्पियन बनेको हो। कास्की नगद ३० हजार हात पारेको छ।

गत वर्षको च्याम्पियन बागलुङ यो संस्करणमा दोस्रो स्थानमा चित्त बुझाएको छ। प्रतियोगितामा बागलुङ १० स्वर्ण, ५ रजत र १० कास्य पदक गरी कुल २५ पदकका साथ दोश्रो स्थान प्राप्त गरेको छ भने नवलपुर ७ स्वर्ण, ३ रजत र ८ कास्य गरी कुल १८ पदक जित्दै तेश्रो स्थान हात पारेको छ। दोश्रो भएको बागलुङले नगद २० हजार र तेश्रो हुन सफल नवलपुरले नगद १० हजार प्राप्त गरेका छ।

मंगलबार सम्पन्न छात्र भलिबल फाइनलमा नवलपुर विजयी भएको छ। नवलपुरले २८–२६, २५–२० ले बागलुङलाई पराजित गरेको थियो। पर्वतले गोरखालाई २५–२०, २५–१८ ले जित्दै तेश्रो भएको छ। त्यस्तै छात्रा भलिबलमा कास्कीले उपाधि जितेको थियो। कास्कीले स्याङजालाई २५–१८, २५–२१ ले फाइनल खेल जित्दा म्याग्दीले तनहुँलाई २५–२०, १९–२५ र २५–१९ ले जितेर तेश्रो भएको छ।

एथलेटिक्सतर्फ कास्कीले ६ स्वर्ण ८ रजत पदक जित्दै प्रथम भएको छ भने नवलपुर ५ स्वर्ण, १ रजत र ५ कास्य पदक जितेर दोश्रो र स्याङजाले ४ स्वर्ण र १ कास्य पदक सहित तेश्रो भएको छ।  कबड्डी छात्रतर्फक कास्की प्रथम भएको छ। कास्कीले म्याग्दीलाई ४३ का विरुद्ध ४५ अंकले पराजित गर्दै पहिलो भएको हो भने बागलुङ र गोर्खा तेश्रो भएका छन्। छात्रा कबड्डीतर्फ बागलुङले तनहुँलाई ६६ का विरुद्ध २० अंकले पराजित गर्दै पहिलो हुँदा नवलपुर र स्याङजा तेश्रो भएका छन्।

मार्शल आर्ट उसुतर्फ समग्रमा बागलुङले ४ स्वर्ण २ रजतका साथ पहिलो, कास्की २ स्वर्ण र २ रजत र २ कास्य पदकका साथ दोश्रो म्याग्दी २ रजत र ५ कास्य पदकका साथ तेश्रो हुँदा तेक्वान्दोतर्फ म्याग्दीले २ स्वर्ण १ रजत, कास्कीले २ स्वर्ण, २ रजत र १ कास्य तथा नवलपुर १ स्वर्ण २ रजत १ कास्य पदकका साथ क्रमश पहिलो, दोश्रो र तेश्रो भए। यस्तै कराते तर्फ म्याग्दी जिल्ला प्रथम भएको छ।

दुई दिन सम्म चलेको प्रतियोगितामा कुल ६ वटा खेलहरु भएका थिए। जस मध्ये मार्शल आर्टतर्फ छात्र/छात्रा तेक्वान्दो, कराते र उशु तथा टिम इभेन्ट तर्फ एथलेटिक्स, कबड्डी र भलिबल भएका थिए।

विजेता टिम तथा खेलाडीलाई सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय गण्डकी प्रदेशका सचिव हेमराज सुवेदी, प्रदेश खेलकुदका उपाध्यक्ष धोज कुमार गुरुङ, परिषदका कार्यकारी सदस्यद्वय दिल बहादुर गुरुङ र ऋषीराम गौतम लगायतले ट्रफी, मेडल र प्रमाणपत्र वितरण गरेका थिए। बैशाख १५ गतेबाट काठमाण्डौमा सुरु हुने १३ औं केन्द्रिय राष्ट्रपति रनिङ शिल्डमा सहभागिता जनाउन १४ गते प्रस्थान गर्नेछ।

Leave a Reply