Commuters walk through heavy monsoon rain in Shimla on Tuesday. Rain fell in several areas of India, bringing down temperatures in the region as the monsoon season approaches. Photo Amit Kanwar

हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ।सोमबार हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । त्यस्तै, सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशको केही स्थानमा हल्का वर्षा भइरहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

सोमबार दिउँसो भने देशभर आंशिकदेखि सामान्य बदली हुने भएकाे छ। त्यस्तै, देशै भरका केही स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। त्यस्तै, मधेश प्रदेशका केही स्थानमा हावाहुरीको समेत सम्भावना रहेको छ।

सोमबार राति भने देशभर आंशिकदेखि सामान्य बदली हुनेछ । त्यस्तै, सुदूरपश्चिम, लुम्बिनी प्रदेश र बाँकी प्रदेशका केही स्थानहरूमा मेघगर्जन-चट्याङ्गसहित हल्का-क्षणिक वर्षाको सम्भावना भएकाे महाशाखाले जनाएकाे छ ।

Leave a Reply