स्वतन्त्र सांसद डा. अमरेश कुमार सिंह संसद बैठकमै अर्धनग्न बनेका छन्। सोमबार प्रतिनिधिसभाको बैठकमा सांसद सिंहले आकस्मिक समय माग गरेका थिए। तर सभामुख देवराज घिमिरेले बोल्ने समय दिएनन्। त्यसको विरोधमा उनले सर्ट र गञ्जी खोलेर विरोध जनाएका हुन्।

बैठक सुरू भएपछि सांसदहरु सिंह र प्रेम सुवालले आकस्मिक समयमा बोल्नुपर्ने माग गर्दै हात उठाएर उठेका थिए। तर सभामुखले बैठकमा आकस्मिक समय र विशेष समय नरहेको र बैठक नियमित कारबाहीमा जाने भनेसँगै सांसद सिंहले आफ्नो सर्ट र भित्री गन्जी खोलि बिरोध जनाएका हुन्। त्यससँगै संसदमा अन्य दलका सांसदहरु समेत बोल्न पाउनुपर्ने माग उठेका थिए। तर सभामुख देवराज घिमिरेले सांसद सिंहलाई अशिष्ट, अश्लिल, अपमानजनक व्यवहार नगर्न अनुरोध गरे भने प्रतिनिधि सभा नियमावलीको नियम ३० अनुसार चल्न आग्रह गरे। अनुशासित नभए सांसद सिंहमाथि अन्य कारबाही हुने चेतावनी पनि उनले दिए।

यससँगै सभामुखले शुन्य समयको कार्यक्रम प्रारम्भ गरे। हाल प्रतिनिधि सभा बैठक चलिरहेको छ।

 

 

Leave a Reply