सरकारले लामो दुरीको  यात्रुबाहक र मालबाहक गाडीको भाडा घटाएको छ। आजदेखि नै लागु हुने गरी भाडादर घटेको जानकारी यातायात व्यवस्था विभागले एक सुचना मार्फत दिएको छ।

मंगलबारमात्र डिजेल र मट्टीतेलमा प्रतिलिटर १० रुपैयाँले मूल्य घटेको थियो। पेट्रोलियम पदार्थको मुल्य घटेसँगै यातायात व्यवस्था विभागले यात्रुबाहक र मालबाहक गाडीको नयाँ भाडादर सार्वजनिक गरेको हो।

विभागका अनुसार यात्रुबाहक सवारी साधनमा ३.२० प्रतिशतले, पहाडी बाटोमा सन्चालन हुने मालबाहक गाडीमा ४.१९ प्रतिशतले र तराईको बाटोमा सन्चालन हुने मालबाहक गाडीमा ४.६५ प्रतिशतले भाडा घटेको छ।

नयाँ भाडादर हेर्न यहाँ क्लिक गर्नुस्

Leave a Reply