---Advertisement---

एनआएनए आइसीसीको महिला उपाध्यक्षमा म्याग्दीकी गुरुङ निर्विरोध

On: March 12, 2026 6:23 PM
Follow Us:

गैर आवसिय नेपाली संघ (एनआरएनए)को महिला उपाध्यक्षमा म्याग्दीकी राधिका (टिका) गुरुङ निर्विरोध चयन हुनुभएको छ । बेनी नगरपालिका–७ विरेन्द्रचोक घर भई हङकङमा ब्यवसायमा सक्रिय गुरुङ समुदायको एकता, महिला हक(अधिकार र सशक्तीकरण तथा सामाजिक उत्तरदायित्वका क्षेत्रमा भूमिका निर्वाह गर्दै आउनुभएको छ । यही मार्च १४–१६ गते हुने काठमाडौँको होटल सोल्टीमा हुने १२ औँ महाधिवेनअगाडि नै विपक्षीमा कसैले उम्मेदवारी नआएपछि उहाँ निर्विरोध चयन हुनुभएको हो । १०औँ र ११औँ महाधिवेशनबाट दुई कार्यकाल गुरुङले महिला सचिवको जिम्मेवारी पूरा गर्नुभएको छ ।


एनआरएनए सहित सामाजिक संघसंस्थामा महिलाको हक, अधिकार र सशक्तीकरणका लागि गरेको योगदानको कदर भएको महसुस गरेको गुरुङले बेनीअनलाइनलाई बताउनुभयो । उहाँले महिला हक–हित र सशक्तीकरणका लागि काम गर्ने उनले बताइन्। वैदेशिक रोजगारीमा भएका महिला, उनीहरूको सुरक्षित रोजगार, रोजगारीबाट फर्केर आएपछि रिटर्नी सिपको सदुपयोग जस्ता कार्यमा लागिपर्ने प्रतिबद्धता जनाउनुभयो । झन्डै ३ दशकदेखि हङकङमा बस्दै आएकी गुरुङले दुई कार्यकाल एनआरएनए हङकङको अध्यक्ष, एनआरएनएको एसिया–प्यासिफिक संयोजक हुनुभएको छ ।


म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्र्तराष्ट्रिय समन्वय समितिको पूर्व बरिष्ठ उपाध्यक्ष,हङकङ नेपाली ब्यापार संघकी सदस्य, सहारा क्लव र मिस हङकङ सोसाईटीको सल्लाहकार, गुरूङ समुदायको साझा संस्था तमु ट्यो ह्युलको भूपु कोषाध्यक्ष तथा बर्तमान सल्लाहकार लगाएत हङकङमा रहेका दर्जन भन्दा धेरै नेपाली सामाजिक संघसंस्थामा हुनुहुन्छ ।

गुरुङ हङकङ र मकाउमा रियलस्टेट ब्यवसायी समेत छ । हङकङमा सामाजिक तथा मानवीय सेवामा सक्रिय भएकै कारण हङकङ सरकारले प्रदान गर्ने विशिष्ट सम्मानमा पर्ने ‘चीफ एक्जक्यूटिभ कमेन्डेसन फर कम्यूनिटी सर्भिस’ सम्मानित हुनुभएको थियो । उपाध्यक्षमा निर्विरोध गुरुङले कोरोनाकालमा म्याग्दी सहित धवलागिरी र देशका विभिन्न जिल्लामा एनआरएनएमार्फत लाखौंको स्वास्थ्य उपकरण समेत सहयोग गर्नुभएको थियो ।

Leave a Comment