सन्तोष गौतम

म्याग्दी १ मंसिर । म्याग्दीको घतान गाविसमा रहेको शालग्राम गण्डकी वेद विद्याआश्रम विद्यालयका विद्यार्थीहरु पढाई पुरा गरेपछि प्रमाणपत्र लिन भारत जानुपर्ने बाध्यता रहेको छ ।

स्थानिय स्तरमा धार्मिक कर्मकाण्ड तथा संस्कृत शिक्षा प्रदान गर्ने उद्देश्यका साथ वि।स २०४३ सालमा स्थापना भएको म्याग्दीको एकमात्र विद्यालश्रमका विद्यार्थीहरु आफुले पढेको शैक्षिक प्रमाणपत्र लिनका लागि भारतको वनारस अयोध्या र हरिद्धार जाने गरेका छन् । गलेश्वर शिवालय क्षेत्र विकास कोषले संचालन गर्दै आएको यस विद्यालयको पढाइलाई सरकारले पुर्ण मान्यता नदिएपछि विद्यार्थीहरु स्थापनाकालदेखिनै यस्तो समस्या भोग्न बाध्य बनेको कोषका सचिव दुर्गादत्त पौडेलले बताउनुभयो ।

रुदि्र चण्डी कौमती वेद हितोपदेश अनुवाद गणीत र व्याकरण विषयको कक्षा आठ सम्मको पढाई हुने गरेको यो गुरुकुल विद्यालयलाई जिल्ला शिक्षा कार्यालयले कक्षा पाँच सम्मको संचालन अनुमति दिएका कारण विद्यार्थीहरु प्रमाणपत्रका लागि भारत जाने गरेका हुन् ।

सचिव पौडेलका अनुसार नेपालमा माध्यमीक स्तरको गुरुकुल शिक्षा दिने संस्कृत विद्यालय नभएका कारण यस्तो समस्या उत्पन्न भएको हो । नेपालका विभिन्न स्थानमा रहेका सरकारी संस्कृत विद्यालयले गलेश्वरबाट कक्षा पाँच भन्दा बढी कक्षा उतिर्ण विद्यार्थिलाई भर्ना नलिने गरेकाले पुर्वमध्यमा एलएलसी सरहको पढाई पुरा गरेर प्रमाणपत्र लिन भारत जानु पर्दा निकै दुख लागेको भारतबाट पुर्वमध्यमा उतिर्ण गर्नुभएका विद्यार्थी मोह सुवेदीले गुनासो गर्नुभयो ।

विज्ञापन