संयुक्त प्यानलको घरदैलो अभियान जारी

म्याग्दी उद्योग वाणिज्य संघको २१ औ बार्षिक साधारण सभा तथा नवौं अधिवेशनलाई लक्षित गरेर संयुक्त प्यानलले घरदैलो अभियान जारी राखेको छ । जिवन विश्वकर्माको अध्यक्षमा घोषणा भएको प्यानलले बेनी नगरपालिका ७ नंवर वडामा अन्र्तरक्रिया तथा भेटघाट कार्यक्रम सम्पन्न गरेको सदस्यका प्रत्यासी राजेश शाक्यले1800194_558821164249629_2981924561828074920_n बेनीअनलाइनलाई जानकारी दिए ।

‘एजेण्डाका विषयमा केन्द्रित रहेर छलफल गरियो, सुझाव समेत टिपोट गरिएको छ’ शाक्यले भने । अभियानको क्रममा नेकपा एमालेका उपाध्यक्ष देवेन्द्र केसी, एमाओवादीका कोषाध्यक्ष शेरबहादुर केसी, नेकपा माओवादीका लालु किसान, राप्रपाका उपाध्यक्ष जगनारायण गौचन, संयुक्त प्यानल प्रचारप्रसार उपसमिति बेनपा ६का संयोजक राजेन्द्र श्रेष्ठ, बेनपा ७ का संयोजक कुमार थापा लगाएतले मन्तब्य राखेका थिए ।
10152996_558821237582955_2341662469699157400_n
प्रचारप्रसार कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य प्रमोद श्रेष्ठ, म्याग्दी उद्योगवाणिज्य संघका अध्यक्ष कुविरकुमार श्रेष्ठ लगाएतको सहभागिता रहेको थियो । नेकपा एमाले, एनेकपा माओवादी, नेकपा माओवादी र राप्रपा सर्मथित उद्योग–ब्यापारीको सयुक्त प्यानलले एउटा वडामा २ वटासम्म कार्यक्रम सञ्चालन गरेको छ । अगामी असोज ३१ देखि कात्तिक १ गतेसम्म हुने अधिवेशनका बामपन्थी र राप्रपा एउटा कित्तामा र नेपाली काँग्रेस सर्मथित उद्योगीब्यापारी एउटा कित्तामा रहेका छन् । प्रजातान्त्रिक पक्षका ब्यापारीले रणनिति बनाइरहेपनि चुनावी प्रचारप्रसारमा सहभागिता जनाएका छैनन् ।