म्याग्दी उद्योग वाणिज्य संघः सहमतिबाटै नेतृत्व चयन

1477408_1374599422802034_946214580_nम्याग्दी उद्योग वाणिज्य संघको २१ औ बार्षिक साधारण सभा तथा नवौं अधिवेशनमा सबै राजनीतिक दल सम्बद्ध ब्यापारी विच सहमति भएको छ ।
बुधबार दिनभर भएको छलफलमा जिवनकुमार विश्वकर्माको अध्यक्षतामा सर्वसम्मतिले नेतृत्व चयन गर्ने सहमति भएको वर्तमान कार्यसमिति सदस्य राजेश शाक्यले बेनीअनलाइनलाई बताए । ‘संघका योजनलाई अगाडी बढाउन सहज भएको छ । विधान संसोधन गरेर थप पद सृजना गरिएको छ’ उनले भने । सहमतिमा विधान संसोधन गरी बरिष्ठ उपाध्यक्ष, सहकोषाध्यक्ष र सहसचिव थप गरिने भएको छ ।

त्यसैगरी कार्यसमितिको संख्या समेत बढेको छ । सहमति अनुसार अध्यक्ष, बरिष्ठ उपाध्यक्ष, प्रथम उपाध्यक्ष, महासचिव सहित १६ सदस्य एमाले सर्मथित ब्यापारी, द्धितिय उपाध्यक्ष, कोषाध्यक्ष, सहसचिव र पाँच सदस्य नेपाली काँग्रेस सर्मथित प्रजातान्त्रिक ब्यापारी, सहकोषाध्यक्ष सहित ४ सदस्य एमाओवादी, ४ सदस्य नेकपा माओवादी र एक सदस्य राष्ट्रिय प्रजातन्त्र पार्टीलाई पाउने छन् ।

ब्यापारिक विच सहमति नहुन नसकेपछि पार्टीतहबाट सहमति भएको थियो । शुक्रबार अर्थात असोज ३१ देखि हुने अधिवेशनलाई लक्षित गरेर एमाले, एमाओवादी, नेकपा माओवादी र राप्रपाले संयुक्त प्यानल बनाएर चुनावी अभियान सुरु गरेका थिए भने प्रजातान्त्रिक ब्यापारीले आफ्ना धारणा राखेको थियो । स्रोतका अनुसार कार्यसमितिमा जानेको नाम विहिबार सम्म टुंगो लाग्ने छ ।