उद्योग–ब्यापारीलाई धन्यबाद दिन घरदैलोमा

म्याग्दी उद्योग वाणिज्य संघको २१ औ बार्षिक साधारण सभा तथा नवौं अधिवेशनमा जिवन कुमार विश्वकर्माको अध्यक्षतामा निर्विरोध निर्वाचित भएका संघका पदाधिकारी, कार्यसमिति सदस्यले आइतबार बेनीबजारमा साधारण सभालाई सफल बनाउन सघाउने सम्पुर्ण उद्योग–ब्यापारीलाई धन्यवाद दिन घरदैलोमा पुगेका छन् ।
???????????????????????????????
अध्यक्ष विश्वकर्माको नेतृत्वमा गरिएको घरदैलो कार्यक्रम सडक बत्ति, सडकका खाल्टाखुल्टी लगाएत आफ्ना समस्याका बारेमा ब्यापारीले ध्यान दिन अनुरोध गरेका थिए । घरदैलो कार्यक्रममा बरिष्ठ उपाध्यक्षमा उत्तम कर्मचार्य, प्रथम उपाध्यक्ष बेलबहादुर कटुवाल, द्धितिय उपाध्यक्ष सुविन श्रेष्ठ, महासचिव राजेश शाक्य, सचिव लिलाराम गौतम, सहकोषाध्यक्ष सुर्वण रिजाल, कार्यसमितिका सदस्य लगाएतको सहभागिता रहेको थियो ।
IMG_3293
सोही अवसरमा नयाँ कार्यसमितिलाई बधाई तथा शुभकामना समेत दिइएको थियो । ‘सबैबाट सकारात्मक सहयोगको प्रतिबद्धता पाएको छु । तिनबर्षे कार्यकालमा उद्योगब्यापारीलाई लक्षित गरेरै अगाडी बढ्ने छु’ अध्यक्ष विश्वकर्माले बेनीअनलाइनसँग भने । उनले बेनीबजार तथा अन्य ब्यापारिक केन्द्रमा अन्र्तरक्रिया तथा समस्या समाधानको प्रयास गरिने बताए । साधारण सभा तथा अधिवेशनमा जिल्लामा क्रियासिल राजनीतिक दलहरुको सर्वसम्मतिले नेतृत्व चयन भएकाले पनि काम गर्न सहज हुने अपेक्षा ब्यापारीको रहेको छ । हरिकृष्ण र्गौतम