म्याग्दी उद्योग बाणिज्य संघको मुल संयोजनामा हुने पाँचौं म्याग्दी महोत्सव एवम् माघे संक्रान्ति मेला तथा कृषि औद्योगिक ब्यापार मेलामा आर्कषणहरु थपिने क्रम जारी रहेको छ । महोत्सवको अवलोकन गर्न आउनेहरूलाई लक्षित गरेर माउण्टेन हेलिकप्टरबाट अवलोकन, कालिगण्डकीमा ¥याफ्ङि,अस्ट्रिज र अजिंगर (सर्प) को नजिकबाट अवलोकन गर्न पाईने छ ।
हेलिकप्टर संयोजक बाबुराम आर्चायका अनुसार जिल्लाको पर्यटकीय क्षेत्रको अवलोकनका लागि टिकट विक्री सुरु गरिएको छ । त्यस्तै धार्मिकस्थल जलेश्वरबाट थकाली समाज नजिक कालिगण्डकीमा ¥याफ्ङि समेत गरिने छ । ¥याफ्ङिका लागि टिकट सम्र्पक तथा महोत्सव अवधिभर जारी रहने छ ।
यसैगरी पहिलोपटक ल्याउन लागेको अजिंगरले दर्शकलाई आर्कषित गर्ने महोत्सव मुल संयोजक एवम् म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष जिवनकुमार विश्वकर्माले बेनीअनालइनलाई बताए । ‘अझै नयाँ आर्कषण थप गर्ने योजनामा छौ’ । जिल्लाका सम्भावनालाई थप उजागर गर्ने विभिन्न क्षेत्रका विज्ञसँग छलफल भइरहेको छ’ उनले भने ।
आगामी पुस २५ देखि माघ ४ गते सम्म बेनीको खुल्लामञ्चमा हुने महोत्सवमा बेनीनगरपालिका सहित जिल्लाको सबै गाविसमा उत्पादित बस्तु, धार्मिक तथा पर्यटकीय स्थलको प्रचारप्रसार,आटोमोवाइल सहित आयातित बस्तुका साथै खुल्ला लोक तथा दोहोरी गित प्रतियोगीता, महिला तथा पुरुष भलिबल प्रतियोगिता, छेलो हान्ने, लठो तान्ने लगाएत विविध मनोरञ्जनात्मक कार्यक्रमहरु सञ्चालन गरिने महासचिव राजेश शाक्यले बताए ।
महोत्सवस्थलमा राखिने स्टलमा कृषि तथा ग्रामिण क्षेत्रका उत्पादनलाई न्युन शुल्कका साथै निशुल्क समेत गरिएको छ । एक सय ६८ वटा स्टल रहने महोत्सवको एक सय ५० स्टल बुक भएको छ । महोत्सव अवधिभर खुल्लामञ्चमा निशुल्क इन्र्टनेट, स्टलको सुरक्षाका लागि सिसि क्यामेरा जडान तथा महोत्सवस्टन नजिक रहेको कालिगण्डकीबाट उत्पादिन विजुलीको प्रर्द“शनी समेत गरिने छ । ८० लाख आम्दानी र ७० लाख खर्च अनुमान गरेको छ । संघले २०६०, २०६३, २०६५ र २०६८ गरी यस अघि चार पटक म्याग्दी महोत्सवको सम्पन्न गरिसकेको छ ।
हरिकृष्ण गौतम
घर विविध कार्यक्रमहरु म्याग्दी महोत्सव २०७१ म्याग्दी महोत्सवको आर्कषणः हेलिकप्टरबाट अवलोकन, अजिंगर,अस्ट्रिज र-याफ्टिङ