पाँचौ म्याग्दी महोत्सव : हेलिकप्टर सफारी आर्कषण बन्यो

पाँचौं म्याग्दी महोत्सव एवम् माघे संक्रान्ति मेला तथा कृषि औद्योगिक ब्यापार मेलाको अवसरमा ल्याइएको हेलिकप्टर सफारी प्रति दर्शकको आर्कषण बढेको छ । म्याग्दी उद्योग वाणिज्य संघले माउन्टेन एयरसँग सहकार्य गरी शनिबार देखि जिल्लाको उडान सुरू गरेको छ । जिल्लाका महत्वपुर्ण पर्यटकीय स्थलको अवलोकनका लागि ल्याइएको हेलिकप्टरमा चढ्ेनहरूमध्ये अधिकाँस सदरमुकाम बेनीबजार तथा बागलुङ, पर्वत लगाएतका क्षेत्रबाट रहेको हेलिकप्टर ब्यवस्थापन उपसमितिले जनाएको छ ।
???????????????????????????????
जिल्लाको प्रमुख पर्यटकीय स्थल घोडेपानी लगाएतका क्षेत्रको भ्रमणमा लागि महोत्सवस्थल बाहिर बुकिङको ब्यवस्था समेत गरिएको छ । हेलिकप्टरमार्फत जिल्लाको ताकम, मुदी, गुर्जा हिमाल, धौलागिरि आइसफल, पुनहिल, घोडेपानी, टोड्के लगायत विभिन्न पर्यटकीय क्षेत्रको अवलोकन गर्न सकिने म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष जिवनकुमार विश्वकर्माले बताउनुभयो । २०६५ सालको महोत्सवमा समेत हेलिकप्टरबाट उडान गरिएपछि दर्शकको माग आएकाले यसपटक समेत ब्यवस्था गरिएको बताइएको छ ।
???????????????????????????????
हेलिकप्टरमा बालबालिका देखि बृद्धबृद्धा सम्मले उडान गरेका छन् । शनिबार ७ समुहले अवलोकन गरेका छन् भने ६ उडान बुकिङ भएको म्याग्दी उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य बाबुराम आर्चायले बताउनुभयो । आगामी माघ ४ गतेसम्म सञ्चालन हुने महोत्सवमा हिमालयन राफ्टिङले धार्मिकस्थल जलेश्वरबाट ¥याफ्टिङ र चिडियाखाना समेत प्रर्दशन गरिएको छ ।