आज म्याग्देलीलाई नचाउने भए प्रशान्त तामाङले

इण्डियन आइडल बनेलगत्तै नेपाली ढाकाको टोपी पहिरिएर नेपाली ढाका टोपीलाई विश्वसामु चिनाएका तामाङ नेपालीहरूले निकै रूचाएका गायक पाँचौं म्याग्दी महोत्सव एवम् माघे संक्रान्ति मेला तथा कृषि औद्योगिक ब्यापार मेलामा चर्चित गायक प्रशान्त तामाङ दुइ दिन आगाडी नै बेनी आइसकेका छन । भारतीय टेलिभिजन च्यानल सोनी इन्र्टेर्टेन्मेन्ट टिभिबाट प्रसारण हुने ईण्डियन आइडल २००७ नामक कार्यक्रमबाट चर्चाको शिखरमा आएका तामाङले दर्जनौ नेपाली गितका साथै फिल्म समेत खेलेका छन्।

गायन र अभिनयलाई संगसंगै लैजान सफल भएका तामाङले आज आफ्नो प्रस्तुती दिदै म्याग्देली प्रसानका फ्यानहरुलाइ करिब डेढ घण्टा नचाउने कुरा कलाकार ब्यवस्थापन उपसमिति एवम् म्याग्दी उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष उत्तम कर्मचार्यले बेनीअनलाइनलाई बताए ।
उनको आगम सँगै महोत्सवमा दर्शकको उपस्थिती पनि बाक्लो बनेको छ । दिनऔ को बन्दको कारणले गर्दा पनि दुइ दिन अगाबै आएका तामाङको स्वर सुन्न र नाच्नको लागि म्याग्देली दर्शक आत्तिएका छन आयोजनले दिएको समय अनुसार आज महोत्सवको पाचौ दिन उनले बेलुकाको ५:३० देखि ७ बजे सम्म आफ्नो स्वर म्याग्देली दर्शकको अगाडी सुनाउने छन । टिभिमा हरेरका दर्शकले उनलाइ प्रत्यक्ष हेर्न पाउने छन ।

को हुन त प्रशान्त तामाङ
भारतीय टेलिभिजन च्यानल सोनी इन्टेर्टेन्मेन्ट टिभिबाट प्रसारण गरिएको “ईण्डियन आइडल २००७” नामक कार्यक्रममा विजयी हुने प्रथम नेपाली मूलका भारतीय हुन।

parsant tamang
उक्त कार्यक्रमामा भाग लिने उनी पहिला भारतीय प्रहरिका जवान पनि हुन। प्रशान्तका पिताको प्रहरिमै रहेक बेला सवारी दुर्घटनामा निधन भएपछी उनलाई कोलकाता प्रहरिमा उक्त जागीर गर्ने अवसर प्राप्त भएको हो। प्रशान्तको जन्म भारतमा दार्जीलिङको तुङ्सुङ भन्ने ठाउँमा भयो र प्रशान्तको घरमा हजुरआमा, आमा र एक बहिनी छन। जिन्दगीमा कहिलेपनि औपचारिक रूपमा संगीतको शिक्षा हासिल नगरेकाप्रशान्तले प्रहरिमा अकेस्ट्रामा भाग लिने गर्थे। शान्त स्वभावका प्रशान्तले साथीहरूको अनुरोधमा ईण्डियना आइडलको कोलकाता अडिशनम भाग लिएका थिए जहाँबाट उनको सफलताको यात्रा सुरु भयो।

parsant

आइडलका निर्णयकहरू अनु मलिक, जावेद अख्तर, अलिशा चिनाइ र स्वयम उदित नारायणको पनि कार्यक्रम अवधिभर खासै प्रसंशा नपाएका प्रशान्तले रातारात नाम्, ख्याती र प्रतिष्ठा कमाएको कारण आज उनी भारतमा मात्रै नभएर नेपाल लगायत अन्य मुलुकम पनि उत्तिकै प्रसिद्ध भएका छन। सोनी टिभी सँगको एक करोडको करार, एक कार र आफ्नै एल्बम बनाउने मौका मात्र नभएर प्रशान्तले एउटा सिङै उत्पीडित र अपहेलित वर्गको शिर ठाडो पारिदिएकाले उनको प्रसंशकहरू थप हौसिएका हुन। प्रशान्त्ले अक्टुबर्को पहिलो साता नेपालको काठमाडौ र पोखरामा आफ्नो कार्यक्रम प्रस्तुत् गरे। नेपाली चलचित्र गोर्खा पल्टनमा अभिनय गरेका छन्। उनलाई नेपाल सरकारले सन् २०१० अक्टोबरमा नेपाल पर्यटन वर्ष २०११को सदभावना राजदूत नियुक्त गर्‍यो।