म्याग्दी महोत्सवस्थलबाट फर्किएका सुरक्षा घेरामा

म्याग्दीको सदरमुकाम बेनीबजारस्थित खुल्ला मञ्चमा सञ्चालित पाँचौं म्याग्दी महोत्सव एवम् माघे संक्रान्ति मेला तथा कृषि औद्योगिक ब्यापार मेलाबाट फर्किएकालाई सुरक्षाकर्मीले निगरानी बढाएका छन् । महोत्सवस्थल भित्र होहल्ला तथा कुटपिटका घटना बढ्न थालेपछि नेपाल प्रहरी र शसस्त्र प्रहरीले स्थलभित्रका साथै बेनीबजारमा कुनैपनि घटना हुन नदिन बजारका विभिन्न चोकमा निगरानी बढाएको प्रहरीले जनाएको छ ।
???????????????????????????????
प्रहरीले बेनीअनलाइनलाई दिएको जानकारी अनुसार महोत्सवभित्र समेत समुह बनाएर बसेका तथा मदिरा सेवन गरेकाहरुलाई निगरानीमा राख्न साधा पोसाकमा समेत प्रहरी परिचालन गरिएको छ । महोत्सवको छठौ दिनसम्म दर्शकको भिड बढ्न थालेपछि पर्वतबाट शसस्त्र प्रहरीलाई समेत परिचालन गरिएको थियो । यसैविच मादकप्रदार्थ सेवन गरेर सवारी सञ्चालन गरेको भन्दै बजारभित्र मापासे चेकजाँच गरिरहेको छ । महोत्सवका लागि लक्षित गरेर ट्राफिकले विरेन्द्रचोक, हुलाकचोक, संगमचोक लगाएतका क्षेत्रमा सवारी चेकजाँचलाई समेत कडाई गरेपछि पदैलयात्रुलाई सहज भएको छ ।

म्याग्दी उद्योग बाणिज्य संघको मुल संयोजनामा भइरहेको महोत्सवमा स्थानिय तथा राष्ट्रिय कलाकारले आफ्नो प्रस्तुती दिइरहेका छन् भने विभिन्न प्रतियोगितात्मक कार्यहरु समेत सञ्चालन भइरहेको छ भने विज्ञान प्रर्दशन, फोटो प्रर्दशनीका साथै जिल्लाका विभिन्न ग्रामिण क्षेत्रमा उत्पादिन कृषिजन्य, हस्तकला विक्री भइरहेको छ ।