म्याग्दी महोत्सवको प्रत्येक्ष हेर्न नपाईने नै हो त ? हाल अस्ट्रलियामा रहेका बेनी नगरपालिका–६ का लक्की श्रेष्ठले आफ्नो फेसवुकमा स्टाट्स लेखे । त्यसलगत्तै दक्षिण कोरियामा रहेका अनन्त गिरिले पनि बुद्ध कपको प्रत्येक्ष प्रसारण गर्ने बेनीअनलाइनलाई लक्षित गरेर फेसबुकमा आफ्नो भनाई राखे । दुवैको भनाईमा सहमत हुदै धेरैले कमेन्ट र लाईक पनि गरे । जिल्लाबाहिर रहेका म्याग्देलीलाई लक्षित गरे बेनीअनलाइन र फोर्स म्याग्दीले महोत्सवस्थलबाट प्रत्यक्ष प्रसारण सुरु गरेको छ ।
महोत्सवका हरेक गतिविधिलाई प्राथमिकताका साथ प्रसारण सुरुगरेपछि प्रवासमा मात्रै नभई जिल्लाभित्र आफ्नो दैनिक गतिविधिमा ब्यस्त रहेकालाई समेत सहज भएको छ । ‘हामी खुल्लामञ्चमै पुगेर हेरिरहेको अनुभुति भएको छ’। बेनीअनलाइनको यो प्रयासले प्रवासमा रहेका हामीजस्तालाई धेरै उत्साहित बनाएको छ’ लक्की श्रेष्ठले भने । उनले अस्टे«लियामा एकलका साथै समुह समेत बनाएर महोत्सवको अवलोकन गरिरहेका छन् ।
त्यस्तै दक्षिण कोरिया, दोहा कतार, साउदी अरव, बेलायत, अमेरिका, क्यानाडा लगाएत संसारभर छरिएर रहेका म्याग्देलीले आफ्नो जिल्लामा भइरहेको महोत्सवको अवलोकन गर्न पाउँदा खुसी लागेको प्रतिक्रिया जनाइरहेका छन् । ‘हामीले अफिस समयमा समेत हेर्ने गरेका छौ’ । बेनीअनलाइनको प्रयासले म्याग्दी जिल्लामा सञ्चारको प्रगति यस्तो छ भनेर अन्य जिल्लाबाट आएकालाई भन्न पाएका छौ’ साउदी अरवमा रहेका बेनीका देव जिसीले भने । यसैविच म्याग्दी उद्योग वाणिज्य संघले महोत्सवस्थलबाट भइरहेको प्रत्यक्ष प्रसारणबाट खुसी ब्यक्त गरेको छ । संघका महासचिव राजेश शाक्यले बेनीअनलाइनको प्रयासले महोत्सवलाई अन्र्तराष्ट्रियस्तरसम्म पु¥याउन सहज भएको बताएका छन् ।
प्रत्येक्ष प्रसारण हेरिरहेको तस्विर हामीलाई पठाउनुहोस् । तपाईको प्रतिक्रिया सहित हामी त्यसलाई समाचार बनाउँनेछौ । सम्पादक
धन्यवाद बेनी अनलाइन लाइ हजुर को वेब साइद को माद्यम बात म्याग्दी महोत्सव को कार्यक्रम हरू हेरी हरेका छौ मलाइ लाग्छ बिदेश मा रहका म्याग्दिलीहरू ले खुशी को अनुभुती गरेका छन / जस अनुरुप म बिदेसी भुमीमा रहेर पनि बेनी को खुल्ला मन्च गइ हेरेको अनुभब गरेको छु /
Comments are closed.