होटल कोरीयाना दोहोरीको सेमीफाईनलमा प्रवेश

पाँचौ म्याग्दी महोत्सवको अवसरमा सञ्चालित लोक दोहोरी गित प्रतियोगिताको बिहीबार भएको प्रतिस्पर्धाबाट होटल कोरीयानाको समूह सेमी फाईनलमा प्रवेश गरेको छ । लोक दोहोरी गित प्रतिष्ठान म्याग्दीसंग क्वाटर फाईनलको दोहोरी गाएका कोरीयानाका कलाकारले उसलाई पराजित गर्दै सेमीफाईनल प्रवेश गरेका हुन् । यसअघि वुद्ध एकेडेमी बगरफाँट, कमल सुनचाँदी दुकान र होटल याक सेमीफाईनलमा पुगीसकेका छन् । शुक्रबार वुद्ध एकेडेमी र होटल याक तथा कमल सुनचाँदी दुकान र होटल कोरीयानाबीच दोहोरी प्रतियोगिता हुने महोत्सवका लोकदोहोरी प्रतियोगिताका संयोजक बेलबहादुर कटुवालले बताउनुभयो । प्रतियोगितामा १६ टिमले सहभागिता जनाएका थिए ।
???????????????????????????????
प्रतियोगितामा प्रथम, दितृय, तितृय र सान्तवना हुनेले क्रमश एक लाख १ हजार १११, ५१ हजार १११, २५ हजार १११ र ११ हजार १११ रुपैया पुरस्कार जित्नेछन् । आयोजकले लोकदोहोरीमा प्रथम चरण पार गर्ने टिमलाई दैनिक दुई हजार रुपैयाका दरले भत्ताको व्यवस्था गरेका छन ।

महोत्सवको सातौ दिन बिहीबार राष्ट्रिय कलाकार हेमन्त शर्मा, याम क्षेत्री, कृष्ण समिप सुवेदी, राजन भुजेल र राजेन्द्र सापकोटाको सांगितिक प्रस्तुती रहेको थियो । यसैगरी लिटिल गार्डेन एकेडेमी, अर्जमको धौलागिरी युवा कल्व र एकता सांस्कृतीक परिवार तथा द राईजीङ डान्स गु्रप बागलुङका कलाकारले नृत्य प्रस्तुत गरेका थिए । अन्य दिनको तुलनामा माघे संक्रान्तिको बिदा परेकाले बिहीबार महोत्सवमा दर्शकको चाप धेरै थियो ।