लोक दोहोरीमा याक होटल तितृय, कमल सुनचाँदी सान्तवना

पाँचौ म्याग्दी महोत्सवको अवसरमा आयोजित खुल्ला लोकदोहोरी गित प्रतियोगितामा याक होटल बेनी तितृय र कलम सुनचाँदी दुकान सान्तवना भएका छन् ।शनिबार भएको प्रतिस्पर्धामा याक होटलले तितृय हुँदै नगद २५ हजार १११ र कमल सुनचाँदी दुकानले सान्तवना हुँदै नगद ११ हजार १११ रुपैयाको पुरस्कार जितेका हुन् ।

एक लाख एक हजार १११ र ५१ हृजार १११ रुपैया शाशीको नगद पुरस्कार राशीको लोक दोहोरीको प्रथम र दितृय स्थानका लागि आईतबार वुद्ध एकेडेमी बगरफाँट र होटल कोरीयानाबीच प्रतिस्पर्धा हुने भएको छ ।लोक दोहोरी गित प्रतियोगितामा १६ समूहले सहभागिता जनाएका थिए । यसैगरी महोत्सवको नवौ दिन सुगम गायक शिव परियार, गायीका राधिका हमाल, सज्जन बोहोरा, कमल बानिया र हाँस्य टेलीसियल भद्रगोलका कलाकारहरुको बिशेष प्रस्तुती रहेको थियो ।