अनेरास्वयू म्याग्दीले सम्झियो सहिदलाई

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियनले देश र जनताको हित र अधिकारका लागि जीवन त्याग गर्ने सहिदप्रति सम्मान गर्दै शुक्रबार सदरमुकाम बेनीबजारस्थित विरेन्द्रचोकमा दिप प्रज्जवलन गरेको छ । अनेरास्वयू म्याग्दीका उपाध्यक्ष नविन बानियाँको नेतृत्वमा रहेका विद्यार्थीले प्रजातान्त्रिक क्रान्ति एवम् लोकतान्त्रिक जनआन्दोलनहरुमा आफ्नो जिवन आहुती गरेकाले सहिदको सपना साकार पार्न समयमै लोकतान्त्रिक संविधान जारी गनुपर्नेमा विद्यार्थीले जोड दिएका थिए ।
IMG_4043
वीर सहिद शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गङ्गालाल श्रेष्ठको सङ्घर्षमय जीवन र बलिदानको गाथा र प्रजातान्त्रिक आन्दोलनका अरू योद्धाहरूको योगदानमा सहिद दिवस मनाइएको हो । माघ १० देखि १६ गतेसम्म ‘सहिद सप्ताह’ मनाइँदै आएको छ । विसं १९९७ माघ १० गते निरङ्कुश राणा शासनविरुद्धमा नेपाल प्रजापरिषद् स्थापना गरी जनतालाई आफ्नो हक र अधिकारका लागि क्रान्ति गर्न प्रेरित गर्ने शुक्रराजलाई टेकुस्थित खरीको रूखमा झुन्ड्याएर हत्या गरिएको थियो ।
IMG_4041
यस्तै, सोही बर्ष माघ १३ गते सिफलमा धर्मभक्तलाई झुन्ड््याइएको थियो भने माघ १५ गते दशरथ चन्द र गङ्गालाललाई शोभा भगवतीमा गोली हानी हत्या गरिएको थियो ।सहिद दिवशको अवसरमा नेपाल सरकारले प्रत्येक वर्ष सार्वजनिक विदा दिने गरेको छ । म्याग्दीको सदरमुकाम बेनीमा अनेरास्वयू तथा ग्रामिण क्षेत्रमा विद्यालयमा सहिदको सम्झना गरिएपनि सरकारी तथा अन्य गैरसरकारी संस्थाले भने कुनै कार्यक्रम गरेनन् ।