विद्यालय जाँदा हातमा कितावसँगै चकटीपिन

0

दक्षिण पर्वतको रानीपानी गाविसस्थित रहेको माझीको वस्तीमा खोलीएको
विद्यालयमा पढ्ने विद्यार्थीहरुले स्कुल पढ्न जाँदा कितासँगै हातमा वस्नको
लागि चकटी लिएर जानुपर्ने वाध्यता रहेको छ । विद्यालयमा वस्नको लागि
फर्निचरको सुविधा नभएपछि विद्यार्थीहरु चिसो भूईमा वसेर पढ्न वाध्य भएका
छन् ।

रानीपानी ५ इमीचौरमा दुई वर्ष अघिदेखि संचालनमा आएको जनचेतना
प्राविमा अध्ययन गर्ने विद्यार्थीहरुलाई भूईमा वसेर पढ्नुपर्ने वाध्यता
सिर्जना भएको हो । विद्यालयको आर्थिक स्रोत नभएकोले र कुनै सरकारी तवरवाट
पनि आवश्यक सुविधाका लागि पहल नुहँदा विद्यालय स्थापना देखिनै अहिलेसम्म
विद्यार्थीहरु भूईमै वसेर पढ्दै आएका छन् । चिसो भूईमा वसेर पढ्न वाध्य
भएपछि धेरै वालवालीकाहरु पटक पटक विरामी परिरहने अभिभावकहरुले गुनासो
गरेका छन् । करिव २० घर माझीका वालवच्चालाई अन्यत्रको विद्यालय टाढा भएपछि
गाउँमै खुलाईएको विद्यालयमा अहिलेसम्म फर्निचरहरुको लागि कुनै कदम चालिएको
छैन । विद्यालय भवनको लागि भने यसै वर्ष जिल्ला शिक्षा कार्यालयको व्लक
परियोजना बाट दुई कोठे भवन तथा दुई कोठे पक्की शौचालय निर्माण गरिएको छ ।
त्यस्तै स्थानीय वासीन्दा र जिल्ला विकास समिति लगायतका संस्थाको सहयोगमा
दुई कोठा गरी चार कोठे भवन भएपनि विद्यालयमा फर्निचरको नाममा पाँच वटा
वेन्च र कार्यालयका लागि सामान्य कुर्ची टेवल मात्र रहेका छन् । वस्नको
लागि डेक्स वेन्चको व्यवस्था नभएपछि वालवालीकाले घरैवाट चकटी वोकेर लैजाने
गरेको र चकटी नहुनेहरुले दिनभरी चिसो भूईमै वस्दै आएका छन् ।

जग्गा जमिन केहीपनि नभएपछि माछा मारेर जिवन गुजार्दै आएको र आफ्नै वन
जंगलपनि नभएकोले फर्निचरका लागि खर्च गर्न नसकेको उनीहरुको गुनासो रहेको छ

कक्षा दुई सम्म पढाई हुने विद्यालयमा तीन जना शिक्षक शिक्षीका
कार्यरत रहक छन् । माझीहरु दैनिक दुईछाक खान नपुग्ने अवस्थामा रहेकोले
फर्निचर बनाउन पनि नसकेको विद्यालयकी प्रद्यानाध्यापक विना श्रेष्ठले
वताउनुभयो । जिल्ला शिक्षा कार्यालयवाट भवन निर्माणका लागि सहयोग आएपनि
फर्निचरका लागि कुनै रकमको व्यवस्था नभएकाले विद्यार्थीहरुलाई भूईमै राखेर
पढाउनुपरेको उहाँको भनाई रहेको थियो । नजिकै विद्यालय स्थापना नहुने
वेलासम्म माझी वस्तीका झण्डै ६० भन्दा वढि वालवालीकाहरु पढाईवाट विाचत थिए
। नजिकमा विद्यालय संचालनमा आएपछि वालवालीकाले पढ्न पाएपनि अन्य समस्याहरु
टार्न मुस्किलनै रहेको स्थानीय टिकाराम माझीले वताउनुभएको छ ।