यसरी सुरू भयो दोस्रो दोभानकप फुटबल प्रतियोगिता

म्याग्दी सदरमुकाम बेनी बजारमा शनिबारदेखि धौलागिरी अञ्चलमा सर्वाधिक पुरस्कार राशीको दोस्रो दोभान कप फुटबल प्रतियोगिता सुरु भएको छ ।बेनी स्थित न्यु दोभान युवा कल्वले आयोजना गरेको प्रतियोगितामा ३० टिमले सहभागिता जनाएका छन् । दसै तथा तिहार पर्वको अवसरमा आयोजित प्रतियोगिता असोज ३० गतेसम्म सञ्चालन हुने जनाइएको छ । प्रतियोगितामा बिजेता र उपबिजेताले कप, मेडल र प्रमाणपत्र सहित क्रमश एक लाख २१ ह्जार १११ र ६६ हजार ६६६ रुपैया नगद पुरस्कार हात पार्नेछन् । सेमी फाईनलमा प्रवेश गर्ने टिमलाई दश÷दश हजार रुपैया नगदको ब्यवस्था गरिएको छ । उत्कृष्ट खेलाडी, गोल रक्षक, मिडफिल्डर, स्ट्राइकर, अनुशाषित टिमका लागि पनि पुरस्कारको ब्यवस्था गरिएको छ ।
Dovan Cup (3)
दोभानकपको पुरस्कार धौलागिरी अञ्चलमा हालसम्मकै सर्वाधिक धनशारीको भएको कल्वले जनाएको छ । प्रतियोगिताको म्याग्दीका प्रमुख जिल्ला अधिकारी सागरमणी पाठक र जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कृष्णकुमार विश्वकर्माले उद्घाटन गर्नुभएको थियो ।प्रजिअ पाठकले खेललाई मर्यादीत, सुरक्षित, व्यवस्थित र अनुशाषित रुपमा सञ्चालन गर्न अनुरोध गर्नुभयो । जिल्ला खेलकुद विकास समितिका अध्यक्ष विश्वकमाले दोभानकपमा उत्कृष्ट प्रर्दशन गर्ने खेलाडीलाई राष्ट्रिय स्तरसम्म पु¥याउन पहल गर्ने प्रतिवद्धता जनाउनुभयो । विश्वास व्यक्त गर्नुभयो ।
Dovan Cup (4)
उद्घाटन कार्यक्रममा म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष जिवनबहादुर विश्वकर्मा, राजनितिक दलहरुको तर्फबाट नेपाली काँग्रेसका जिल्ला सहसचिव अजयमिलन श्रेष्ठ, ओमकुमारी शान्तिकोषका अध्यक्ष राजेश शाक्य, कल्वका सल्लाहकार सुबिन श्रेष्ठ र नेपाल पत्रकार महासंघका अध्यक्ष सुरज केसीले शुभकामना मन्तब्य व्यक्त गर्नुभएको थियो । दोस्रो दोभान कप फुटबल प्रतियोगिताका संयोजक हरिकृष्ण गौतमको अध्यक्षता तथा स्वागत र बिक्रम बोगटीको सञ्चालनमा सम्पन्न उद्घाटन कार्यक्रमको प्रतियोगिताका उपसंयोजक एवम् क्लव अध्यक्ष तेजेन्द्र गौचन ले समापन गर्नुभएको थियो । उद्घाटन खेल आयोजक र माउन्ट एभरेष्टबीच भएको थियो । यसैगरी दोभानकपको अवसरमा कल्वका सल्लाहकार र पत्रकार तथा बैंकर्स र कालीपुल कबर्डहलको टोलीबिच मैत्रीपूर्ण फुटबल खेल भएको थियो । सन्तोष गौतम
Dovan Cup (4)
Dovan Cup (5)
Dovan Cup (7)