दोभानकपको दोस्रो दिन पहिलो चरणको पाँच खेल सम्पन्न, आईतबारसम्म सात टिम बाहिरीए

बेनीमा सञ्चालित दोस्रो दोभानकप २०७२ को दोस्रो दिन आईतबार पहिलो चरणको पाँच खेल सम्पन्न भएको छ । पोल ए बाट आईतबार खेलेका ओपीआई, अर्थुङ्गे फुटबल कल्व, एभरग्रिन (ग्रिन), लभ्लीहिल खबरा र टिडीएफ बागलुङ दोस्रो चरणमा प्रवेश गरेका छन् । ओपीआईले गलेश्वर फुटबल कल्बलाई शून्यका बिरुद्ध १३ गोलले पराजीत गरेको छ ।

Dovan Cup (1)यसैगरी अर्थुङ्गे फुटबल कल्बले उत्साही बिलाई शून्यका बिरुद्ध २ गोल गरेको थियो । एभरग्रिन युथ कल्व बेनी (ग्रिन)ले जनकल्याण युवा कल्व निस्कोटलाई शून्यका विरुद्ध ३ गोल गरेको छ । दोभान (खैरो)लाई लभ्ली हिल खबराले शुन्यका विरुद्ध १ गोल गरेको छ । बौद्ध बि मंगलाघाटलाई टिडीएफ बागलुङले एकका विरुद्ध दुई गोल ग¥यो । तेस्रो दिनको पहिलो खेल भेग र उत्साही समूह बि बिच हुने आयोजक न्यु दोभान युवा कल्वका प्रतियोगिता ब्यवस्थापक उपेन्द्र गिरीले जानकारी दिनुभयो ।

३० टिम सहभागि प्रतियोगिताबाट आईतबारसम्म सात समूह बाहीरीएका छन् । असोज ३० गतेसम्म सञ्चालन हुने प्रतियोगिताको बिजेता र उपबिजेताले कप, मेडल र प्रमाणपत्र सहित नगद एक लाख २१ ह्जार १११ र ६६ हजार ६६६ रुपैया पुरस्कार हात पार्नेछन् । यसैगरी सेमी फाईनलबाट बाहिरीने टिमलाई दश दश हजार रुपैयाको ब्यवस्था गरिएको छ । उत्कृष्ट खेलाडी, गोलरक्षक, मिडफिल्डर, अनुशाषित टिमका लागि समेत पुरस्कार प्रदान गरिने आयोजकले जनाएका छ ।