दोभान कपको तेस्रो दित पाँच खेल सकिए

म्याग्दीको बेनीमा सञ्चालीत दोस्रो दोभान कप फुटबल प्रतियोगिता २०७२ अन्तरगत सोमबार पहिलो चरणको पाँच वटा खेल सम्पन्न भएको छ । उत्साही समूह पर्वत बेनी र बेग फुटबल कल्वबीच भएको प्रतिस्पर्धामा उत्साहीले बेगलाई एकका विरुद्ध आठ गोल गर्दै पराजित गरेको छ । त्यसैगरी ओपीआई बेनी –बि) र न्यु अनमोल ड्राईभिङ ईन्सिीच्युटबीच भएको खेलमा निर्धारीत समयमा दुई दुई गोलको बराबरी भएपनि ट्राईबेकरमा अनमोलले चारका विरुद्ध पाँच गोल गर्दै दोस्रो चरणमा प्रवेश गरेको छ ।

जनप्रिय भुतपुर्व विद्यार्थी कल्व दरवांग र आयोजक न्यु दोभान कल्वको –आकाशे निलो)बीच भएको खेलमा दरवांगले शून्यका विरुद्ध तिन गोल गरेको छ । केपी गायज ए र न्यु दोभान सेतोबिच भएको खेलमा निर्धारीत समयमा दुवैपक्षले गोल गर्न नसकेपछि ट्राईबेकरमा केपी गायजले तिनका विरुद्ध चार गोल गर्दै बिजयी भएको छ ।
Dovan Cup (1)
सोमबारको अन्तिम खेल रेबल म्याग्दी र सेभेन स्टार युथ कल्व बेनी बिच भएकोमा रेबल म्याग्दीले एकका विरुद्ध ५ गोल गर्दै दोस्रो चरणमा प्रवेश गरेको आयोजक न्यु दोभान युवा कल्वका ब्यवस्थापक उपेन्द्र गिरीले जानकारी दिनुभयो । असोज ३० गतेसम्म सञ्चालन हुने प्रतियोगितामा सहभागि ३० टिम मध्य तेस्रो दिनसम्म १२ समूह बाहिरीइसकेका छन् । प्रतियोगितामा बिजेता र उपबिजेता टिमले कप, मेडल र प्रमाणपत्र सहित नगद एक लाख २१ हजार १११ र ६६ हजार ६६६ रुपैया प्राप्त गर्नेछन् । यो पुरस्कार राशी धौलागिरी अञ्चलमा हालसम्मकै धेरै भएको आयोजकले दावी गरेका छन् ।