बागलुङ ४ मङ्सिर । बागलुङ जिल्लामा कुल जनसङ्ख्याको ५४ प्रतिशतले
मात्र शौचालय प्रयोग गरेको पाइएको छ । दीपज्योति युवा क्लब बागलुङद्वारा
दोस्रो विश्व चर्पी दिवसको अवसरमा हिजो आयोजित ुखानेपानी तथा
सरसफाइसम्बन्धी सरोकारवाला र साचारकर्मीबीचको अन्तरकि्रयाुमा सो जानकारी
दिइएको हो ।

कार्यक्रममा खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय बागलुङका प्रमुख
माधवप्रसाद ओझाले जिल्लाका करिब ५५ हजार जनसङ्ख्यामध्ये ५४ प्रतिशतले
मात्र चर्पीको प्रयोग गरेको जानकारी दिँदै ५१ प्रतिशतलाई शुद्ध पानी वितरण
गरिएको बताउनुभयो । ओझाका अनुसार आर्थिक रुपमा विपन्न एवम् दलित तथा
जनजाति बसोबास गर्ने अधिकांश ठाउँमा परम्परागत सोचका कारण अझै पनि शौचालय
निर्माण हुन सकेका छैनन् ।

ूकुनै गाविसमा त १० देखि १५ प्रतिशत घरधुरीका बासिन्दाले मात्र
शौचालयको प्रयोग गर्छनू प्रमुख ओझाले भन्नुभयोूस्वास्थ्यसँंग जोडिएको
पानीलाई स्वच्छ राख्नका लागि जनचेतना फैलाउनुपर्छ ।ू

सो अवसरमा स्वास्थ्यका लागि पानी नेवा का गणेश ढकालले सरसफाईबाट
स्वास्थ्य गरिबी निवारण र एक तिहाई मृत्युदर घटाउन सकिने बताउनुभयो ।

एक तथ्याङ्कअनुसार पश्चिमााचल विकास क्षेत्रमा ५५ प्रतिशतले मात्र
चर्पीको प्रयोग गर्ने गरेका छन् । नेवाको सहयोगमा स्थानीय गाजा युवा क्लब
डीवाईसी र समाज कल्याण माचले जिल्लामा शौचालयसम्बन्धी २९ योजना सम्पन्न
गरिसकेको बताइएको छ ।

निमित्त स्थानीय विकास अधिकारी पुष्परत्न रिाजतको अध्यक्षतामा भएको
सो कार्यक्रममा नेपाल पत्रकार महासङ्घका जिल्ला अध्यक्ष हरिनारायण गौतम
सयपत्री एफएमका दीपक गौतम बागलुङ एफएमका ज्ञानेन्द्र गौतम नेपाल प्रेस
युनियनका जिल्लाअध्यक्ष दुर्गादत्त आचार्य दीपज्योति युवा क्लबका अध्यक्ष
हरिप्रसाद शर्मालगायतले बोल्नुभएको थियो ।