दोभानकपको पाँचौ दिन, बिहिबार देखी क्वाटर फाईनलका खेल

बेनीमा सञ्चालित न्यु दोभान कप २०७२ को पाँचौ दिन बुधबार प्रिक्वाटर फाईनलको पाँच वटा खेल सम्पन्न भएको छ । लभ्लीहिल फुटबल कल्व खबरा र टिडीएफ बलेवाबिच भएको खेलमा लभ्लिहिलले एकका विरुद्ध तिन गोल गर्दै क्वाटर फाईनलमा प्रवेश गरेको छ । उत्साही समूह पर्वत बेनी ए र न्यु अनमोन ड्राईभिङ ईन्टिच्युट बेनी बेनीबीच भएको खेलमा उत्साही समूह एकका विरुद्ध दुई गोलले बिजयी भएको छ ।

जनप्रिय भुतपुर्व विद्यार्थी कल्व दरवाङ र युथ युनाईटेड कल्वबीच भएको खेलमा निर्धारीत समयमा दुई, दुईको बराबरी गोल भएपछि पेनाल्टी सुटआउटमा धकेलीएको थियो । पेनाल्टीमा पनि नतिजा ननिस्कीएपछि खेल सडन डेटमा गएको थियो । सोमा जेपीसी दरवाङ १४ का विरुद्ध १५ गोलले बिजयी भएको छ । केपी गायज ए र रेबल म्याग्दीबीच भएको चौथो खेलमा केपी गायज दुईका विरुद्ध तिन गोल अन्तरले बिजयी भएको थियो । बौद्ध युवा कल्व मंगलाघाट ए र एभरग्रिन युथ कल्व निलोबीच भएको पाँचौ दिनको अन्तिम खेलमा निर्धारीत समयमा एक एक गोल भएको थियो ।

ट्राईबेकरमा बौद्ध युवा कल्व चारका विरुद्ध पाँच गोलले बिजयी भएको छ । यो खेलसंगै प्रि क्वाटर फाईनल चरणको खेल सकिएको आयोजक न्यु दोभान युवा कल्वका सचिवालय संयोजक उपेन्द्र गिरीले बताउनुभयो । बिहीबार क्वाटर फाइनलको खेल हुने जनाइएको छ । Dovan Cup (7)क्वाटर फाईनलको पहिलो खेल आयोजक न्यु दोभान युवा कल्व र ओपीआई बेनी बिच हुने भएको छ ।

गत शनिबारदेखि सुरु भएको प्रतियोगिता असोज ३० गतेसम्म सञ्चालन हुने जनाइएको छ । ३० टिमले सहभागिता जनाएको प्रतियोगितामा बिजेता र उपबिजेताले कप, मेडल र प्रमाणपत्र सहित नगद एक लाख २१ हजार १११ र ६६ हजार ६६६ रुपैया पुरस्कारको व्यवस्था गरिएको न्यु दोभन युवा कल्वका आर्थिक संयोजक अभिशेक गिरीले जानकारी दिनुभयो । सेमी फाईनलबाट बाहिरीने टिमलाई दश, दश हजार रुपैयाको साथै उत्कृष्ट खेलाडी, गोल रक्षक, मिडफिल्डर र अनुशाषित टिमलाई पनि पुरस्कारको व्यवस्था गरिएको छ ।