दोभानकपको क्वाटरफाईनलका खेल सकियो

म्याग्दीको बेनीमा सञ्चालित दोस्रो दोभान कप २०७२ अन्तरगत बिहीबार छैटौ दिनसम्म क्वाटरफाईनल सम्मका खेलहरु सकिएका छन् । न्यु दोभान युथ कल्व बेनीले दसै तथा तिहार पर्वको अवसरमा आयोजना गरेको धौलागिरी अञ्चलमै सर्वाधिक धनराशीको प्रतियोगितामा ओपीआई बेनी, एभरग्रिन बेनी, बौद्ध युवा कल्ब मंगलाघाट र उत्साही समूह पर्वत बेनी सेमीफाईनलमा प्रवेश गरेका छन् । न्यु दोभान युथ कल्व र ओपीआई बेनीबीच भएको खेलमा ओपीआईले शुन्यका विरुद्ध ५ गोल गर्दै सेमीफाईनलमा प्रवेश गरेको छ । यसैगरी लभ्लीहिल फुटबल कल्व खबरालाई शुन्यका विरुद्ध २ गोल गर्दै एभरग्रिन बेनी सेमीफाईनलमा पुगेको हो ।
12166366_1036800109703944_314089527_n
गत वर्षको वौद्ध कपको उपबिजेता जनप्रिय भुपु विद्यार्थी कल्व क्वाटरफाईनलमा उत्साही समूह पर्वत बेनीसंग तिनका विरुद्ध ४ गोलले पराजीत भई प्रतियोगिताबाट बाहिरीएको छ । यसैगरी बौद्ध युवा कल्व मंगलाघाटले केपी गायज कालीपुललाई एकका विरुद्ध ८ गोल गर्दै सेमीफाईनलमा प्रवेश गरेको आयोजक न्यु दोभान युथ कल्वका सचिवालय संयोजक उपेन्द्र गिरीले बताउनुभयो । उहाँका अनुसार शुक्रबार ओपीआई र एभरग्रिन सेमीफाईनलको पहिलो खेलमा भिड्ने भएका छन् । असोज २३ गते सुरु भएको प्रतियोगितामा ३० समूहले सहभािगता जनाएका थिए ।
12115759_1649137728676732_8654069063770389259_n
प्रतियोगिताको बिजेता र उपबिजेताले कप, मेडल र प्रमाणपत्र सहित नगद एक लाख २१ ह्जार १११ र ६६ हजार ६६६ रुपैया प्राप्त गर्नेछन् । यसैगरी सेमिफाईनल प्रवेश गरेका टिमले दश हजार रुपैयाका साथै उत्कृष्ट खेलाडी, गोलरक्षक, स्ट्राईकर, मिडफिल्डर र अनुशाषित टिमलाई पनि पुरस्कारको व्यवस्था गरिएको आर्थिक संयोजक अभिशेक गिरीले बताउनुभयो ।