लाईभ अपडेट: बुद्ध र उत्साही समुह फाइनलका लागि भिड्दै

म्याग्दीको बेनीमा सञ्चालित दोस्रो दोभान कप २०७२ अन्तरगत शुक्रबार सेमिफाइनलको दोस्रो खेलमा भइरहेको छ । बुद्ध यूवा क्लव मंगलाघाट र उत्साही समुह पर्वत विच प्रतिस्पर्धा भइरहेको छ । निकै प्रतिस्पर्धात्मक खेलमा दुवै समुहले गोल गर्ने प्रयास गरेपनि सफल हुन सकेको छैनन् । उपाधीको दावेदार मानिएका दुवै क्लवको तर्फबाट हुटिई भइरहेको छ । खचाखच दर्शकको उपस्थितमा भएको खेल निकै सान्तपुर्वक सञ्चालन भइरहेको छ । दुवैतर्फबाट धेरै मौका पाएपनि गोल भएको छैन् ।
IMG_1966
राष्ट्रियस्तर संगै अफ्रिकन खेलाडीलाई मैदानमा उतारेको बौद्धले यसपटक उपाधी जित्ने दाउमा छ भने पर्वतमा निकै सक्रिय रहेको उत्साही समुहले यसपटक आफ्नोपक्षमा उपाधी उचाल्ने तयारीका साथ उपस्थित जनाएको छ । प्रतियोगिताको बिजेता र उपबिजेताले कप, मेडल र प्रमाणपत्र सहित नगद एक लाख २१ ह्जार १११ र ६६ हजार ६६६ रुपैया प्राप्त गर्नेछन् । यसैगरी सेमिफाईनल प्रवेश गरेका टिमले दश हजार रुपैयाका साथै उत्कृष्ट खेलाडी, गोलरक्षक, स्ट्राईकर, मिडफिल्डर र अनुशाषित टिमलाई पनि पुरस्कारको व्यवस्था गरिएको छ ।
IMG_1968