लाईभ अपडेट: यस्ता छ खुल्लामञ्चमा दर्शकको जमघट

म्याग्दीको बेनीमा सञ्चालित दोस्रो दोभान कप २०७२ अन्तरगत सेमिफाइनलको दोस्रो खेलमा भइरहेको छ । बुद्ध यूवा क्लव मंगलाघाट र उत्साही समुह पर्वत विच प्रतिस्पर्धा भइरहेको छ । निकै प्रतिस्पर्धात्मक खेलमा दुवै समुहले पहिलो ४५ मिनेटमा गोल हुन सकेन् । खुल्लामञ्चमा खचाखच दर्शकको उपस्थिती रहेको छ । फाइनमा एभरग्रीन संग भिड्न बुद्ध र उत्साहीले निकै प्रयास गरेका छन् । खुल्लामञ्चमा खचाखच दर्शकको उपस्थिती रहेको छ भने बेनीअनलाइनमार्फत प्रत्यक्ष प्रशारण भइरहेको छ ।
IMG_1150
राष्ट्रियस्तर संगै अफ्रिकन खेलाडीलाई मैदानमा उतारेको बौद्धले यसपटक उपाधी जित्ने दाउमा छ भने पर्वतमा निकै सक्रिय रहेको उत्साही समुहले यसपटक आफ्नोपक्षमा उपाधी उचाल्ने तयारीका साथ उपस्थित जनाएको छ । प्रतियोगिताको बिजेता र उपबिजेताले कप, मेडल र प्रमाणपत्र सहित नगद एक लाख २१ ह्जार १११ र ६६ हजार ६६६ रुपैया प्राप्त गर्नेछन् । यसैगरी सेमिफाईनल प्रवेश गरेका टिमले दश हजार रुपैयाका साथै उत्कृष्ट खेलाडी, गोलरक्षक, स्ट्राईकर, मिडफिल्डर र अनुशाषित टिमलाई पनि पुरस्कारको व्यवस्था गरिएको छ ।
IMG_1151
IMG_1153
IMG_1154