लाईभ अपडेट: तेज तामाङले गोल गरेर बुद्धलाई अग्रता दिए

म्याग्दीको बेनीमा सञ्चालित दोस्रो दोभान कप २०७२ अन्तरगत सेमिफाइनलको दोस्रो खेलमा बुद्ध यूवा क्लवका स्टाईकर तेज तामाङले गोल गरेका छन् । नेपाल र भारत विचको अन्डर १९ खेलमा नेपाललाई जिताएर चर्चामा आएका तामाङले बुद्ध यूवा क्लवबाट समेत गोल गरेका छन् । बुद्ध यूवा क्लवको तर्फबाट ६ नंबर जर्सीमा उपस्थित भएका तामाङ प्रतियोगितामा चर्चाका पात्र हुन् । खेलको अन्तिम समयमा ४ मिनेट अतिरिक्त समय थप गरिएको छ ।