लाईभ अपडेट: एभरग्रीन युथ क्लव २ गोलले अग्रता

म्याग्दीको बेनीमा सञ्चालित दोस्रो दोभान कप २०७२ अन्तरगत फाइनलमा बुद्ध यूवा क्लवलाई २ गोल गर्दैै एभरग्रिन यूवा क्लवले अग्रता लिएको छ । दर्शकको खचाखच उपस्थितीमा भइरहेको खेल निकै प्रतिस्पर्धात्मक तरिकाले अगाडी बढिरहेको छ । बेनीअनलाइनमार्फत प्रत्यक्ष प्रशारण भइरहेको छ ।

राष्ट्रियस्तर संगै अफ्रिकन खेलाडीलाई मैदानमा उतारेको बौद्धले यसपटक उपाधी जित्ने दाउमा छ भने एभरग्रीनले समेत अनुभवी खेलाडीलाई मैदानमा उतारेको छ । प्रतियोगिताको बिजेता र उपबिजेताले कप, मेडल र प्रमाणपत्र सहित नगद एक लाख २१ ह्जार १११ र ६६ हजार ६६६ रुपैया प्राप्त गर्नेछन् । यसैगरी सेमिफाईनल प्रवेश गरेका टिमले दश हजार रुपैयाका साथै उत्कृष्ट खेलाडी, गोलरक्षक, स्ट्राईकर, मिडफिल्डर र अनुशाषित टिमलाई पनि पुरस्कारको व्यवस्था गरिएको छ ।
IMG_1170
IMG_1172
IMG_1187
IMG_1200
IMG_1196
IMG_1210
IMG_1225
IMG_1229
IMG_1243
IMG_1241