मोना विश्व सम्मेलनको प्रमुख अतिथि महाविर पुन

सोमबारदेखि बेनीमा सुरु हुन लागेको प्रवासी म्याग्देलीको प्रथम विश्व सम्मेलन तथा अधिवेशमा प्रमुअ अतिथिमा महाविर पुनलाईलाई निमन्त्रणा गरिएको छ । म्याग्दीको राम्चेमा जन्मिएर विश्वभर चर्चित पुनले सम्मेलनको उद्घाटन गर्ने मोना अन्र्तराष्ट्रियका संयोजक प्रकाश पुनले बताए । ‘उहाँको भिजनमा प्रवासी म्याग्देलीको पनि साथ छ ।जन्मभुमिलाई सबैले मिलेर नमुना बनाउनुपर्छ’ पुनले बेनीअनलाइनसंग भने । उनका अनुसार सम्मेलनले जिल्लाका सम्भावनायूक्त क्षेत्रको पहिचान गरी विदेशी लगानी भित्राउने समेत बताए ।

Mahabirसम्मेलनमा सहभागि हुन मेगासेसे पुरस्कार विजेता पुन सोमबार बेनी आउँदैछन् । म्याग्दी सहित नेपालका विभिन्न जिल्लामा बेतारे इन्टरनेट मार्फत दुर्गमबस्तीमा डिजिटल साक्षरताको पहुँच विस्तार गर्न सफल भएका पुनले म्याग्दी जिविस संग सहकार्य गरी सञ्चालन गर्न लागेको जिल्लाका सबै गाउँमा इन्टरनेट सुविधा पु¥याउने अभियानलाई समेत सफल बनाउन समेत प्रवासीले सहयोगको प्रतिबद्धता जनाएको अवस्थामा पुनको उपस्थितीलाई थप अर्थपुर्ण तरिकाले हेरिएको छ । धेरैजसो औपचारिक कार्यक्रममा चासो नदेखाउने पुन म्याग्दीमा समय पुगेसम्म निमन्त्रणा गरेका कार्यक्रममा आउने गरेका छन् ।

त्यस्तै विशिष्ट अतिथिमा म्याग्दीमा सभाषद् नवाराज शर्मा, रेशम बहादुर बानियाँ र नरदेवी पुन, गैरआवासीय नेपाली संघ एनआरएनका उपाध्यक्ष भवन भट्ट, एनआरएन यूकेका उपाध्यक्ष योगकुमार फगामी लगाएत प्रवासी म्याग्देलीका साथै जिल्लास्थित कार्यालय प्रमुखको समेत उपस्थिती रहेने विश्व सम्मेलन तयारी सचिवालयले जनाएको छ । सम्मेलनको पुर्वसन्ध्यामा बेनीबजारमा करिव ५० वटा भन्दा बढि ब्यानर राखिएको छ भने सम्मेलनलाई सभ्य र भब्य तरिकाले सम्पन्न गर्नका लागि स्वयमसेवकको समेत परिचालन गरिएको छ । सम्मेलनमा १४ देशमा रहेका म्याग्देली आवद्ध संस्थाका ६० जना प्रतिनिधिहरु बेनीमा आइसकेका छन् । बेलायत, हङकङ, जापान, बेल्जीयम, पोर्चुगल, दोहा कतार, अस्टे«लीया, बहराईन, स्पेन, न्युजील्याड, दुवई र जर्मनका प्रतिनिधिहरु सम्मेलनमा सहभागि हुनेछन् । हरिकृष्ण गौतम