म्याग्दी ४ मङ्सिर । म्याग्दी जिल्लाको राम्चे गाविस वडा
न। १ र २ का महिलाले नांगीमा ुमगर सङ्ग्रहालयु स्थापना गरेका छन् ।

नांगी आमा समूहको सकि्रयता र स्थानीयवासीको सहयोगमा हालै स्थापना
गरिएको सो सङ्ग्रहालयमा मगरसमुदायको जन्मदेखि मृत्युसम्मका संस्कार
झल्काउने सामान पहिरन भाँडावर्तन गरगहना दैनिक जीवनमा प्रयोग हुने सामान
सङ्कलन गरेर राखिएको समूहकी राममाया पुनले जानकारी दिनुभयो ।

जिल्लाका विभिन्न स्थानमा रहेका मगरको सहयोगमा मगर संस्कृति र
परम्परा झल्काउने ती सामग्री सङ्कलन गरिएको हो । सङ्ग्रहालय त्यहाँ पुग्ने
आन्तरिक तथा बाह्य पर्यटकका लागि थप आकर्षण बनेको बताइएको छ ।

विज्ञापन