बागलुङ ४ मङ्सिर । इजाजत लिएका फर्म तथा कम्पनीले मात्र मदिरा बिक्री बितरण गर्न पाउने सरकारी निर्णय हिजोबाट कार्यान्वयन भएको छ ।

तर यस्ता फर्म तथा कम्पनीले पनि सरकारले तोकेको स्थानमा मात्र मदिराको कारोबार गर्न पाउनेछन् । बागलुङमा करिब ६० पसलले मदिरा बिक्रीका लागि इजाजतपत्र लिएका छन् । सो सङ्ख्या अझै थपिने क्रम रहेको बताइएको छ ।

सरकारले निर्णय कार्यान्वयन गर्न मातहतका सबै निकायलाई परिचालन गरेको छ । हिजोसम्म जनचेतना जगाउने काम गरेका थियौं आन्तरिक राजस्व विभागका उपमहानिर्देशक नवराज भण्डारीले भने अब अबैध बिक्री गर्नेलाई कारबाहीसमेत गछौं । डिपार्टमेन्टल स्टोस्र किराना पसलले छुट्टै बिक्रीकक्ष राखी मदिरा बिक्री गर्नुपर्नेछ ।

चालु वर्षको बजेट वक्तव्यमा मदिरा बिक्री ब्यवस्थित बनाउन मङ्सिर ३ गतेदेखी इजाजत पत्र लिएर बेग्लै साचालन गर्नुपर्ने घोषणा गरिएको थियो । आन्तरिक राजस्व विभागले यसका लागि मदिरा बिक्री बितरण नियमन निर्देशिका २०६५ पनि जारी गरेको छ । मङ्सिर ३ पछि बिना इजाजत बिक्री बितरण गर्नेलाई रु। १० हजार जरिवाना गर्ने प्रावधान छ । पछि सरकारले लाइसेन्स नदिन पनि सक्छु थापाले भन्नुभयो बेलैमा लिएर राखेपछि ढुक्क भयो ।

मदिरा बिक्री गर्ने खुद्रा बिक्रेताका लागि रु आठ हजार र सुर्तिजन्य पदार्थका लागि रु एक हजार ५०० इजाजत शुल्क तोकिएको छ । गाविस क्षेत्रमा भने मदिरा तथा सुर्तिजन्य पदार्थका लागि छुट्टै पसल राख्न नपर्ने ब्यवस्था छ । तर यसका लागि इजाजत भने लिनुपर्छ । निर्देशिकामा बिहान १० देखि राति १० बजेसम्म मात्र मदिरा बिक्री गर्न पाउने उल्लेख छ । साथै १८ वर्ष मुनिका ब्यक्तिलाई मदिरा बेच्न पाईंदैन ।

विज्ञापन