बेनी नगरपालिका नगर समितिको सभापतिमा अनोद श्रेष्ठ

12583666_946346382119351_1042331261_nनेपाली कांग्रेस बेनी नगरपालिका, नगर समितिको सभापतिमा अनोद श्रेष्ठ निर्वाचित हुुनभएको छ ।शनिवार सम्पन्न बेनी नगर समितिको प्रथम अधिवेशनमा सभापतिका अर्का प्रत्यासी रमेशकुमार श्रेष्ठले आफ्नो उम्मेदवारी फिर्ता लिएपछि श्रेष्ठ निर्विरोध निर्वाचित हुनुभएको हो ।

त्यसैगरी समितिको सचिवमा हरिप्रसाद पौडेल र कोषाध्यक्षमा ज्ञानेन्द्र श्रेष्ठ निर्वाचित हुुनभएको छ । समितिका सदस्यहरुमा यामवहादुर बानियाँ,पुण्यवहादुर चोखाल,विमला खत्री,लालवहादुर थापा,दाउद खान,उमा शर्मा रिजाल,बद्रिप्रसाद पौडेल र बागविर दर्जी निर्वाचित हुनुभएको छ ।

त्यसैगरी नगर समितिका क्षेत्रीय प्रतिनिधिहरुमा अल्पसङ्ख्यकतर्फबाट ज्ञानेन्द्र केसी,अन्जित खान र अमृतमान शेरचन,जनजाती तर्फबाट गोपालनारायण भट्टचन,कमल थापा मगर,दिपेन्द्र श्रेष्ठ (दिपु) निर्वाचित हुनुभएको छ । त्यसैगरी दलिततर्फवाट पशुपति बिक,टेकवहादुर विक र श्रीलाल चर्मकार चयन हुनुभएको नेपाली कांग्रेस म्याग्दीका सचिव माधवप्रसाद रेग्मीले जानकारी दिनुभएको छ । धु्रबसागर शर्मा