आन्तरिक रुपमा पद विभाजनमा जुट्दै गर्बुजा– महत प्यानल

नेपाली काँग्रेसको माघ २५ गते हुने छैठौ जिल्ला अधिवेशनमा सभापतिको उम्मेदवारी घोषणा गरेका खम्बीर गर्बुजा र नेत्र बहादुर महतले आन्तरिक रुपमा सभापति बाहेकका पदाधिकारीका उम्मेदवारलाई समेत तयार गर्ने छलफलमा जुटेका छन् । आइतबार विहान सभापतिका उम्मेदवार गर्बुजा सहितको टोली बेनीमा आन्तरिक छलफलमा जुटेको छ । विहानै देखि वर्तमान पदाधिकारी सहितको टोलीले सभापति बाहेकका उम्मेदवारलाई समेत घोषणा गरेपछि त्यसले मतदानमा समेत त्यसले प्रभाव पार्ने र एकजुट भएर चुनावमा केन्द्रित हुन सहज हुने भन्दै छलफलमा जुटेका छ ।
12695737_10153528259516859_1965331103_n
स्रोतका अनुसार पार्टीका सभापतिमा गर्बुजाको सम्भावना बलियो देखिदै गएकाले पनि अन्य पदाधिकारीको अहिल्यै सहमति भए अझै सहज हुने भन्दै छलफल भएको थियो । छलफलमा वर्तमान पदाधिकारीमा रहेकालाई पदाधिकारी वा महाधिवेशन प्रतिनिधिमा सहमति जुटाउने तथा यूवाहरुलाई जिल्ला कार्यसमितिमा ल्याउने विषयमा छलफल भएको थियो । वर्तमान सभापति रेशम बहादुर बानियाँलाई केन्द्रमा प्रतिनिधित्वका बारेमा समेत संस्थापन पक्षले जोड दिएको छ । यता नेत्र बहादुर महत पक्षधरले आन्तरिक रुपमा सहमतिको अझै आधार भएको बताउँदै दुवै पक्ष विच सहमति भए उपसभापतिमा अझै खम्बिर गर्बुजाको सम्भावनालाई कायम राखेको जनाएको छ ।

महत समुहले संसदीय निर्वाचन वा जिल्लाबाट केन्द्रमा प्रतिनिधित्व हुनेमा समेत गर्बुजालाई नै आवश्यक परे लिखित सहमति नै दिने सम्मको कुरा भइरहेको जनाएको छ । संसदीय निर्वाचनमा विजय बनाउने गरी पार्टीको सम्पुर्ण शक्ती केन्द्रित गर्न सकिने भन्दै महत पक्षधरले सभापतिका प्रत्यासी गर्बुजालाई सहमतिमा आउन समेत अनुरोध गरेको छ । त्यस्तै सांसद एवम् सभापति बानियाँले आफुँ केन्द्रमा प्रतिनिधि हुनेमा सकारात्मक भएपनि जिल्लामा आफ्नो निकटलाई पदाधिकारी र केन्द्रिय अधिवेशनमा समेत प्रतिििनधका रुपमा अझै जोड दिइरहेका छन् । निकै प्रतिस्पर्धात्मक मानिएको अधिवेशनमा करिव करिव मतदान हुने निश्चित जस्तै छ । हरिकृष्ण गौतम