कांग्रेस म्याग्दीको छैठौ जिल्ला अधिवेशन आज

नेपाली कांग्रेस म्याग्दीका छैठौ जिल्ला अधिवेशन सोमबार देखी म्याग्दीको सदरमुकाम बेनीमा हुदैछ । जिविस सभाहलमा हुने अधिवेशनको सम्पुर्ण तयारी पुरा भएको छ । अधिवेशनका लागि गाविस, वडा प्रतिनिधिका साथै कार्यकताहरू आइतबार देखीनै सदरमुकाम आउन थालेका छन् । सोमबार विहान ११ बजे तय गरिएको अधिवेशनको पुर्वसन्धामा बजार परिक्रममा समेत गरिने सहसचिच अजयमिलन श्रेष्ठले बताए । ‘सम्पुर्ण तयारी पुरा भएको छ । अधिवेशन म्याग्दी काँग्रेसका लागि कोशेढुंगा सावित हुनेछ’ उनले भने ।

12695737_10153528259516859_1965331103_nअधिवेशनको अवसरमा पार्टीको स्मारिका विमोचन समेत गरिने छ । देशभर एकैपटक अधिवेशन हुने भएकाले पनि केन्द्रिय नेताहरूको उपस्थिती रहनेछैन् । पार्टी सभापति एवम् सांसद रेशम बहादुर बानियाँको प्रमुख आतिथ्यतामा उद्घाटन सत्र हुने काँग्रेसले जनाएको छ । अधिवेशनमा गाउँ, नगर तथा नगर वडा अधिवेशनबाट निर्वाचित वडा सभापति, नगर सभापति तथा गाउँ सभापति एवंम जिल्ला प्रतिनिधि गरी ४०५ जनाले सहभागिता जनाउने छन् । अधिवेशनमा नेत्र बहादुर महत र खम्बीर गर्बुजाको सभापति पद सहित अधिकांस पदाधिकारी, महाधिवेशन प्रतिनिधि, कार्यसमिति सदस्यमा समेत मतदान हुने संकेत देखापरेको छ ।