काँग्रेस म्याग्दीमा सभापतिका लागि तीनजनाको उम्मेदवारी

IMG_3539नेपाली कांग्रेस म्याग्दीको छैठौं जिल्ला अधिवेशनमा तीनजनाको सभापतिमा उम्मेदवारी परेको छ । वर्तमान सभापति रेशम बहादुर बानियाँ, उपसभापति खम्बीर गर्बुजा र महासमिति सदस्य नेत्र महतले उम्मेदवारी दर्ता गरेका छन् । गर्बुजा र महतको मात्रै चर्चा गरिएपनि सभापति बानियाँले समेत निकै चलाखीपुर्ण तरिकाले आफ्नो उम्मेदवारी दिएका हुन् ।
IMG_3544
बानियाँले महाधिवेशन प्रतिनिधिमा समेत आफ्नो उम्मेदवारी दिएका छन् । स्रोतका अनुसार बानियाँले अन्तिममा गर्बुजालाई सर्मथन गर्ने र चुनावी माहोल आफ्नो पक्षमा पार्ने योजनाका रुपमा समेत लिइएको छ ।
IMG_3540
कसको सर्मथक र प्रस्थापक को बसे
छैठौं जिल्ला अधिवेशनमा रेशम बहादुर बानियाँको सर्मथममा मनोज कुमार कार्की र प्रस्तावकमा खमविर गर्बुजा, खम्बीर गर्बुजाको सर्मथममा तमबहादुर थापा, सर्मथनमा रेशमबहादुर बानियाँ बसेका छन् । त्यस्तै नेत्र बहादुर महतको सर्मथक खिम बहादुर पुर्जा र प्रस्थावक नरबहादुर खड्का रहेका छन् । बानियाँ र गर्बुजा संस्थापन पक्षमा भएकाले पनि एक जना चुनावी मैदानमा उत्रिने संकेत देखिएको छ । उम्मेदवारी झिक्ने समय साँझ साढे ६ बजेसम्म राखिएको छ ।
IMG_3541
IMG_3542
IMG_3543